नेपाली काँग्रेस बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित

मुख्य खवर राजनीति समाचार

कञ्चनपुर -नेपाली काँग्रेस बेलौरी नगरपालिकाको सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी विक्रम बहादुर चन्दलाई १० मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । चौधरीले ९० र चन्दले ८० मत ल्याएका थिए ।

उप सभापतिमा दिपक सिह विष्ट ९६, याेग बहादुर चन्द, सचिव कन्यैया राना ८५, भुपेन्द्र बहादुर शाही ८९, सह सचिव नरेन्द्र सिह विष्ट ८१, राजेन्द्र सिह राईले ८७ मत ल्याएकाे काङ्ग्रेस नेता हरेन्द्र सिंह बिष्टले जनाए ।

उप सभापतिमा चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, सचिवमा पवन नेपाली ७४, अमुत बोहरा ७६, सह सचिवमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८०मत ल्याएका छन । नेतृत्व रमेश लेखक निकट भने केही पदाधिकारीमा एनपी साउद पक्षमा आएको नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *