कञ्चनपुरको सिद्धनाथ मन्दीरमा चढाईएका घण्टहरु बिक्रि,, ६ क्युन्टल बढी घण्ट प्रहरीको छामामा फेला

मुख्य खवर विशेष समाचार

 कञ्चनपुर–  महेन्द्रनगरस्थित सिद्धनाथ मन्दीरमा चढाईएको घण्टहरु बिक्रि गरेको पाईएको छ । मन्दीर व्यवस्थापन समितिले नै लिलाम गरि श्रद्धालु भत्तजनले मन्दीरमा चढाएका घण्टाहरु बिक्री गरेको पाईएको हो । शनिबार महेन्द्रनगरस्थित ठकुराठी भाडा वर्तन पसलमा प्रहरीले छापा हान्दा उक्त घण्टी फेला परेका हुन् । करिब साढे छ क्युन्टल बराबरका उक्त घण्टी सिद्धनाथ मन्दीर व्यवस्थापन समितिले नै बेचेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठकुराठीको गोदामबाट ठुला परिमाणमा घण्टा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवत्ता सिद्धराज न्यौपानेले घण्ट नियन्त्रण लिईएको र त्यसबारे थप अनुसन्धान भईरहेको बताए । ठकुराठीका सञ्चालक पदम ठकुराठीले आफुहरुले मन्दीर समितिबाट नै घण्ट किनेर ल्याएको बताए । उनले मन्दीर व्यवस्थापन समितिले बिक्रिका लागि सुचना जारि गरेपछि आफुहरुले खरिद गरेको बताए ।

त्यस्तै मन्दीर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह भण्डारीले पनि समितिले नै घण्ट बेचेको स्वीकार गरे । उनले मन्दीर व्यवस्थापन समितिको निणर्यबाट हरेक वर्ष घण्टा बेच्दैँ आएको बताए । ‘हामीले मन्दीर व्यवस्थापन समितिको साधारण सभाबाट निणर्यबाट घण्ट बेचेको हौँ ।’ अध्यक्ष्य भण्डारीले भने ‘पुराना घण्टाहरुलाई व्यवस्थापन गर्न नसकिने भएकाले बेचिएको हो, सोही पैसाले ठुलो घण्ट किन्छौँ, त्यो पैसा समितिकै खातामा छ ।’

नाम समेत लेखेर मन्दीरमा चढाएका घण्टा बिक्री भएको पाईएकोपछि स्थानीय चिन्तीत भएका छन् । पुरातात्वतिक सम्पत्तीको रुपमा रहेने घण्टहरु बिक्री गरेपछि धार्मीक आस्थामाथी नै प्रहार भएको स्थानीयको बुझाई छ ।

भारतमा रहेको पुर्णागिरीको दर्शनपछि सिद्धनाथको दर्शन गरे मात्रै मनोकांच्छा पुरा हुने धार्मीक विश्वास रहि आएको छ । सोही कारण वर्षेनी लाखौँ भारतीय धार्मीक पर्यटक यहाँ दर्शनका लागि आउने गरेका छन् । उनिहरुले भाकल अनुसार मन्दीरमा ध्वजा, घण्ट, त्रिशुल लगायतका सामाग्री चढाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *