किशोर तमाङ्ग, कञ्चनपुर- नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले आफ्ना सम्पूर्ण पालिकास्तरमा कमिटी बिस्तार गरेको छ।
सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरूमा सङ्गठन विस्तार गर्दै गर्दा कञ्चनपुरका ९ वटै स्थानीय तहहरूमा सङ्गठन विस्तार गरेको छ ।
अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीको पालिकास्तर कमिटी बिस्तार गर्ने क्रममा पुनर्वास नगर कमिटीको इन्चार्जमा नन्दराज जोशीलाई चयन गरेको छ।
अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले पालिकास्तर कमिटी बिस्तार गर्ने क्रममा पुर्नवासको नगर कमिटीको जिम्मेवारीमा जोशी र नगर कमिटीको सह इन्चार्जमा सरोज बराललाई चयन गरेको अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष कमल रोकायले बताए।
अनेरास्ववियु पुर्नवासको नगर कमिटी इन्चार्जको जिम्मेवारी पाए लगत्तै जोशीले नगरमा सङ्गठनलाई अगाडि बढाउँदै आफ्नो जिम्मेवारी बहन गर्ने बताए ।।

