एमालेकाे बृहत् कार्यकर्ता भेलाकाे तयारीका लागि बेलडाँडीमा वडा भेला सम्पन्न

Uncategorized

कञ्चनपुर– नेकपा एमाले बेलडाँडी गाउँ कमिटकाे अायाेजनामा हुने बृहत् कार्यकर्ता भेलाकाे तयारीका लागि सबै वडामा कार्यकर्ता भेला सम्पन्न गरेकाे छ ।

यहि असाेज ८ गते बेलडाँडी गाउँ कमिटिले गर्ने बृहत् कार्यकर्ता भेलाकाे पुर्व तयारीका लागि ५ वटै वडाका कार्यकर्ता संग छलफल तथा भेटघाट गरेकाे नेकपा एमालेका नेता एवं बेलडाँडी ईन्चार्ज अक्कल बिष्टले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “पार्टीलाई अझ शसक्त बनाई अघि बढनुका साथै अागामि दिनमा सरकारका काम कारवाहिका बारेमा जनतालाई सचेत बनाउन र अब अाउने निर्वाचनलाई मध्य जजर गरेर पार्टिका गतिबिधि बढाउने उदेश्यले बृहत् कार्यकर्ता भेलाकाे अायाेजनाकाे कार्यक्रम रहेकाे बताए ।”

उनले भने `बेलडाँडीमा नेकपा एमाले बिभाजनकाे कुनै प्रभाव नपरेकाे बताउदै एकजना निर्वाचित वडा अध्यक्ष बाहेक सबै एमालेमै रहेकाे बताउनु भयाे ।´

बिगतमा बेलडाँडी गाउँ कमिटी ३ सय कृयाशिल कार्यकर्ता रहेकाे भएपनि अहिले त्यसलाई बढाएर ८ सय बनाएकाे समेत नेता बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *