पत्रकार धामि कुटपिट भएकाे घटनाकाे पत्रकार महासंघ प्रदेश समितिकाे ध्यानाकर्षण,, दाेषिलाई कार्वाहिकाे माग

Uncategorized

रमेश प्रसाद भट्ट/ कञ्चनपुर -पत्रकार विमल धामि माथि भएकाे कुटपिटकाे घटना प्रती नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।

शुक्रबार बेलडाँडीकाे चवन्नि बजारमा भएकाे कुटपिटकाे घटनामा  बेलडाँडीबाट प्रकाशित हुने बेलडाँडी पाेष्टका कार्यकारी सम्पादक विमल धामि माथि स्थानिय सुरेश खत्रीकाे समुहले कुटपिट गरेकाे घटना प्रती नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिले एक विज्ञप्ति जारी गरी घटना प्रति गम्भीर ध्यानाकर्षण भएकाे भन्दै दाेषि माथि कडा कार्वाहिकाे माग गरेकाे हाे ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष याेगेश रावलद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै पत्रकार माथि भएकाे घटनाकाे भत्सना सहित घाईते पत्रकारकाे स्वास्थ्य लाभकाे कामना व्यक्त गर्दै दाेषि माथि कडा कानुनि कार्वाहिकाे माग गरिएकाे छ ।

पत्रकार धामिले झगडा भईरहेकाे स्थानमा ठुलाे भिड देखेर के भएकाे हाे भनी साेध्दा खत्री सहितकाे ८/९ जनाकाे समुहले म माथि कुटपिट गर्न शुरू गरे उनले भने ।

यसरी एक पत्रकार माथि भएकाे घटानाले सिंगाे प्रेष जगत माथिकाे प्रहार भएकाले दाेषिलाई तुरून्त पक्राउ गरि कडा कार्वाहिकाे माग गर्दछु पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष रावलले भने ।

उहाँले पत्रकार माथि हुने यस्ता घटनाले पत्रकार माथिकाे सुरक्षामा समेत चुनाैति थपिएकाले घटना दाेहाेरीन नदिन कडा कानुनि कार्वाहिकाे माग गरेका छन् ।

उता ईलाका प्रहरी कार्यालय बेलडाँडीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेकाे प्रहरी नायब निरिक्षक आनन्द चन्लले बताउनु भयाे ।

पक्राउ पर्नेमा बेलडाँडी-२ का बर्ष १८ का पारस खत्रि, बर्ष १९ का रबि खत्रि, योगेन्द्र शाहु, बर्ष १६ का मनिष सुनार र बर्ष ४३ का सुरेश खत्रि रहेकाे प्रहरी नायव निरिक्षक चन्दले जानकारी दिनु भयाे । अन्य थपकाे खाेजि कार्य जारी रहेकाे उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *