बेलडाँडी: पत्रकार सहित दुईजना माथि कुटपिट गर्ने गिराेहका २ जना पक्राउ

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर–   बेलडाँडीमा पत्रकार धामि सहित दुई जना माथि भएकाे कुटपिटकाे घटनामा संलग्न दुई जनालाई बेलडाँडी प्रहरीले पक्राउ गरेकाे छ ।

पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहका २ जनालाई शनिबार बेलडाँडी प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा बेलडाँडी -२ चवन्नी बजारका १८ बर्षीय पारस खत्री र सोही ठाउँका १९ बर्षीय रवि खत्री रहेको इलाका प्रहरी का सई शिव दत्त पन्तले जानकारी दिनु भयाे । एक जना घटनाका मुख्य व्यक्ति सुरेश खत्री फरार छन् ।

शुक्रबार साँझ चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा सन्देश पाण्डे र  पत्रकार विमल धामीमाथि साँघात्मिक हमला गरेर कुटपिट गरेर फरार भएका थिए ।

बेलडाँडीका किशोर एव विद्यार्थी नेपालीमाथि कुटपिट गरिरहेका बेला युवा उद्यमीले यसरी निर्धात किन गरिरहेका छाै, भनेर सम्झाई बुझाई गर्ने क्रममा युवा उद्यमी पाण्डको टाउको फुटाएर भागेको गिरोहसंग घटना बारे सोधपुछ गर्दा पत्रकार धामीमाथि समेत हमला गरि खत्रीको गिरोह भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *