रमेश प्रसाद भट्ट/कञ्चनपुर – नब नियुक्त सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गाेबिन्द गाैतमकाे सालिकमा माल्यार्पण गर्नु भएकाे छ ।
नेकपा एसका नेता समेत रहेका मन्त्री लामा तामाङ पद ग्रहण गरेकाे दोस्रो दिन सहिद गोबिन्द गौतमको सम्मान स्वरूप शालिकमा माल्यार्पण गर्नु भएकाे हाे।
शुक्रबार साझ मात्रै सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बनेर सपथ ग्रहण गरेका मन्त्री तामाङ शनिबार बिहानै सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्न पुगेका हुन् ।
मन्त्री तामाङसंगै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पनि सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गरेका हुन ।
माल्यार्पण पश्चात् मन्त्री तामाङले सहिदका बुवालाई पनि दोसल्लाले सम्मान गरेका हुन् ।
मन्त्री तामाङले भने “राष्ट्रकाे सिमा सुरक्षार्थ भारतिय सिमा सुरक्षा बल SSB काे गाेलि लागि सहिद बनेकाकाे सम्मानमा अाफु मन्त्रि भएकाे अवसर पारी सालिकमा माल्यार्पण गरेकाे बताए ।
कंचनपुर क्षेत्र नम्बर १ `क´ का प्रदेश सांसद पदमा रहेका तामाङ नेकपा (एकीकृत समाजवादी)को तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन्।

