कञ्चनपुरका पत्रकार विमल धामी र युवा व्यापारी पाण्डेमाथि निर्घात कुटपिट, दाेषि माथि कार्वाहिकाे माग

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  कञनपुरका पत्रकार विमल धामि र युवा व्यापारी सन्देश पाण्डे माथि कुटपिट भएकाे छ । शुक्रबार साँझ बेलडाँडीको चवन्नी बजारमा स्थानिय सुरेश खत्री समुहले ग्याङ बनाएर फिल्मीशैलीमा आएर युवा उद्यमी पाण्डेमाथि कुटपिट गरेर भाग्ने क्रममा पत्रकार धामीले सोधपुछ गर्दा उनीमाथि समेत निर्धात कुटपिट गरेर भागेका हुन ।

पाण्डे माथि कुटपिटफ गरेर भाग्न लागेको गिरोहले पत्रकार धामीमाथि समेत कुटपिट गरेको बताईएकाे छ ।

सन्देश चाउमिनकाे अगाडि केही युवा बिच झगडा हुँदै गर्दा पण्डेले झगडा नगर्नुहाेस भन्दा उल्टै म माथि पुरै समूह अाएर कुटे पाण्डेले भने । त्यसकाे केही बेरमा सुरेश खत्रि सहितकाे टाेलि भाग्ने बेलामा पत्रकार धामिलाई समेत कुटन पुगेकाे उनले बताए ।

पत्रकार धामिले भने झगडा हुँदै थियाे के भयाे भनी साध्दा उल्टै म माथि समेत समुह अाई लाग्याे । उहाँले भने “मलाई विना हकमा कुटिदा समेत वरपरका प्रत्यक्षदर्शि पुरै रमेते भएर हेरिरहेका थिए कसैले छुटाएनन् ।”

‘कुटपिट गर्ने समुह यता सन्देश पाण्डेलाई कुटपिट गरेर भागिरहेका थिए, ‘उनले भने, ‘किन कुटपिट गरेर सोधपुछ गर्दा मलाई समेत निर्धात कुटपिट गरेर भागेकाे पत्रकार धामिले बताए ।’

खत्री गिरोहकाे कुटपिटबाट युवा उद्यमी पाण्डेको टाउको सहित शरिरमा गम्भिर चोट लागेको छ । भने पत्रकार धामीको भित्री भागमा गम्भिर चोट लागेको छ ।

अराजक तवरले भएको कुटपिटको घटनाकाे पत्रकार संघ, संगठन एवं स्थानीय युवा उद्यमीहरुले भत्र्सना गरेका छन । कुटपिट गर्दै गुण्डाशैली अपनाउने समुह पक्राउ गरि कार्बाही गर्नुपर्ने स्थानीयको माग छ ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीमा घाईतेहरुले उजुरी दिदा समेत प्रहरीले कुटपिटमा संलग्न गिरोहलाई याे समाचार तयार पार्दा सम्म पक्राउ गरेको छैन ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीका निमित्त इन्चार्ज शिव दत्त पन्तले घटनाको छानबिन भईरहेको बताए । उनले भने “दाेषिहरूकाे खाेजि भईरहेकाे भन्दै पक्राउ गरि अावश्यक कार्वाहि गरिने बताए ।”

पत्रकार माथि भएकाे कुटपिटको घटनाकाे पत्रकार महासंघ, व्यवसायीका संघ संगठनले भत्र्सना गरेका छन् । यता स्वतन्त्रपुर्वक व्यवसाय र पत्रकारिता गर्ने अधिकारको हनन् गरेको भन्दै स्थानीयले कुटपिट गर्ने गिरोहमाथि कानुनी कार्बाैही नभएर प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *