काँकडभिट्टाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना, ३ जनाको मृत्यु २४ जना घाईते

मुख्य खवर विशेष समाचार

कञ्चनपुर- काँकडभिट्टा देखि महेन्द्रनगरका लागि छुटेको बस नवलपरासीको गैडाकोटमा बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको  छ । महाकाली यातायातको बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको  हो । भने बसमा सवार २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार बिहान ठोक्किएको थियो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको  यातायात समितिका अध्यक्ष डम्मरराज पन्तले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा शुक्लाफँटा नगरपालिका–४ का ४० वर्षीय रंगी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । यस्तै बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदीको पनि मृत्यु भएको उनले बताए ।  दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको समितिका अध्यक्ष पन्तले बताए । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *