रमेश प्रसाद भट्ट/कञ्चनपुर – बेलौरीमा सडक दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका वडा नम्बर- १० सडकघाट बस्ने अन्दाजी २५ वर्षीय युवक सकेन्दर (सन्ताेष) चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साेमबार साझ बेलौरी नगरपालिका वडा नम्बर- ८ कलकत्ता बजार स्थित खानेपानी ट्याङ्की नजिकै हुलाकी सडक खण्डमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा चाैधरीकाे मृत्युु भएकाे बेलाैैरी प्रहरीले जनाएकाे छ ।
सु.प.प्र. ०१००९ प ५०५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चौधरीलाई उपचारका लागि कैलालीको धनगढी स्थित माया मेट्रो अस्पतालमा लैजाँदै गर्दा बाटो मै मृत्यु हाे ।
अस्पतालमा पुगिसकेपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले कञ्चनपुर खबरलाई जानकारी बताउनु भयो ।
मृतकको शव पाेष्टमार्टमका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
निर्माण व्यवसायीको लापरबाहीले महिनाै देखि सडकमा थुपारेकाे ग्राईभलका कारण बढी जसो दुर्घटना हुने गरेको स्थानियकाे भनाई रहेकाे छ ।

