बेलडाँडीमा दलित महिलाहरुलाई दुई दिने कानुनी साक्षरता तालिम

मुख्य खवर राजनीति समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिका अन्तरगतका दलित महिलाहरुलाई जातिय विभेद र लैगिक हिंसाको बारेमा दुई दिने कानुनी साक्षरता तालिम कार्यक्रम गएिको छ । सोमबार गाँउपालिकामा आयोजित दुई दिने कानुनी साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनारले जातिय विभेद र लैगिक हिंसा सम्बन्धि कानुनका बारेमा जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको फेडाले जनाएको छ।

जातिय विभेद, लैगिक हिंसा, महिला हिंसा समाजमा दलित समुदायले खेप्नु परेको समस्यालाई कानुनी मध्यमबाट लडनेबारे कानुन अधिकृत सुनारले दुई दिन सम्म प्रशिक्षण गरेका थिए ।

धेरै कुरा कानुन नबुझेर समेत दलित महिलाहरुले पिडा सहेर बस्नु पर्ने अवस्था रहेकाले सबैलाई कानुनका बारेमा जानकारी दिने उद्देश्यले कानुनी साक्षरता तालिम माध्यमले अभिमुखिकरणको आयोजना गरिएको दलित महिला संघ कञ्चनपुरकी अध्यक्ष लक्ष्मी विकले बताउनु भयो ।

कार्यक्रममा बोल्ने अधिकाशंं बक्ताहरुले समाजबाट जातिय विभेद र लैगिक हिंसालाई अन्तय गर्न सबैले लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बेलडाँडी गाँउपालिका एक र दुई नम्बर वडाका वडा अध्यक्ष अम्मर खत्री र प्रेमराज खाती, ईप्रका बेलडाँडीका प्रहरी नायव निरिक्षक शिव दत्त पन्त अतिथिका रुपमा थिए भने दुई दिने अभिमुखिकरण कार्यक्रममा करिब ३० जना जति दलित महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *