नेपाली काँग्रेस बेलडाँडीद्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

मुख्य खवर राजनीति समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – नेपाली काँग्रेस बेलडाँडीले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ  ।काँग्रेसकाे १४ अाै महाधिवेशनका बिच यहि २७ गते हुने पालिका स्तरिय कार्य समिति चयनकाे तयारीका लागि काँग्रेस बेलडाँडीले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

शुक्रबार बेलडाँडी गाउँ पालिकाकाे सभा कक्षमा एक कार्यक्रमकाे अायाेजना गरी काँग्रेसका नेता तथा कार्यकर्ता र गाँउ सभापतिका पदका उम्मेदवार समेतकाे उपस्थितिका विच भेटघाट तथा चियापान कार्यक्रम गरीएकाे थियाे ।

पार्टिलाई एक ढिक्का भई अघि लग्नका लागि र पार्टीका क्षेत्रिय प्रतिनिधि, वडा सभापति र अन्य नेता कार्यकर्ताकाे सहभागितामा पार्टी भित्र सबै बिच परस्पर सम्बन्ध हाेस भन्ने उदेश्यले कार्यक्रमकाे अायाेजना गरीएकाे नेपाली काँग्रेस बेलडाँडीले जनाएकाे छ ।

बेलडाँडी गाउँ अधिवेशनमा सभापति पदका लागि तीन जनाकाे उम्मेदवारी रहने देखिएकाे छ । जसमा पाका नेता पृत बहादुर बिष्ट र दुई जना युवा नेता गज बहादुर बिष्ट, सचिन कठायतले गाउँ सभापति पदमा अाफ्नाे दावि रहेकाे बताएका छन् ।

तीनै जनाले सबै क्षेत्रिय प्रतिनिधि र वडा सभापतिहरूलाई मतदानका लागि अनुराेध समेत गरिएका छन् ।

पार्टी भित्र सकभर सहमतिका लागि प्रयास गरिरहेकाे सहमति नभए चुनावनै हुने नेपाली काँग्रेसका नेता जनक सिह धामिले बताए । उनले भने `विभिन्न चरणमा सहमतिका लागि प्रयास भईरहेकाे छ, तर सहमतिकाे सम्भावना कमै रहेकाे भन्दै चुनाव हुन सक्ने बताए ।´ पार्टीमा त्याग तपस्या र याेगदानकाे मुल्यांकन गरि नेतृत्व चयन हुनु पर्छ उहाँँले भने ।

यस्तै काँग्रेस बेलडाँडी गाउँ सभापति हर्कदेव जाेशिका अनुसार पार्टीलाई एक ढिक्का भई जान सर्व सम्मत रूपमा गाउँ कार्य समिति चयन हाेस भन्ने हाे, त्यसका लागि पार्टी भित्र छलफल अन्तरक्रिया भईरहेकाे बताए । यस्तै उहाले भने “विशेष गरेर युवा पिडिले नेतृत्वकाे अवसर पाउनु पर्ने धारणा राखे ।”

यसरी हेर्दा गाउँ कार्य समिति चयनका लागि सहमति हुने सम्भावना देखिदैन सभापित पदका लागि फरक फरक धारका पृत बहादुर विष्ट र गज बहादुर बिष्ट बिच कडा प्रतिस्पर्धा हुने अाकलन गरिएकाे छ ।

गाउँ कार्य समिति चयनका यहि २७ गते चुनाव हुदैछ जसमा ८५ जनाले मतदान गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *