काँग्रेस १४औ महाधिवेशन: बेलडाँडी गाउँ सभापतिमा युवा नेता गज बहादुर विष्टको उम्मेदवारी रहने

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर – नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत यहि भाद्र २७ गते सम्पन्न हुने पालिका स्तरिय अधिवेशनमा यता कञ्चनपुरको बेलडाँडी गाँउ सभापति पदका लागि युवा नेता गज बहादुर विष्टको उम्मेदवारी दिने भएका छन् । युवा नेता विष्ट यस अघिको महाधिवेशनमा काँग्रेस बेलडाँडीको गाँउ सचिवमा निर्वाचित युवा नेता विष्ट अहिलेको १४ औँ महाधिवेशनमा बेलडाँडीको सभापति पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

कञ्चनपुर खबर संगको कुराकानीमा उहाँले भन्नु भयो काँग्रेस पार्टीलाई बेलडाँडीमा एक नयाँ उचाई दिलाउनका साथै नजिकै आउन लागेको स्थानिय निर्वाचनमा काँग्रेसलाई जिताउन र पार्टीको संस्थागत हितका लागि बेलडाँडी गाउँ कार्य समिति सभापति पदमा आफ्नो उम्मेदवारी रहेको बताए । अहिलेको बेलामा पार्टीलाई समय सापेक्ष बनाई युवाले पार्टीको नेतृत्व गर्ने अवसर पनी पाउनु पर्छ भन्ने मान्यता राखेकाले आफुलाई बेलडाँडी गाउँ कार्य समिति पदमा विजयी गराई दिन सबै क्षेत्रीय पतिनिधि र वडा सभापतिलाइृ अनुरोध समेत गर्नु भएको छ ।

सामाजिक क्षेत्रका विभिन्न पदमा वसि काम समेत गदै आउनु भएका युवा नेता विष्ट महाकाली सिँचाई द्वितिय चरण ६ नम्बर ब्लकका अध्यक्ष, बेलडाँडी युवा समुहको अध्यक्ष भई काम गदै आउनु भएको छ ।

३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा जोडिनु भएको हो। उहाँ विद्यार्थी जिवनकाल देखि काँग्रेसको राजनितिमा आबद्ध भई सकृय रुपमा पार्टीको हकहितका लागि विभिन्न आन्दोलनमा समेत आफ्नो योगदान रहेको उहाँको भनाई रहेको छ ।

अहिले बेलडाँडी गाउँ कार्य समितिका लागि तिन जनाको आकाँक्षा देखिए पनि म जित्छु भन्नेमा विश्वस्त रहेको बताए । उनले भने ”म भन्दा सिनियर पार्टीका नेतालाई माथिल्लो स्तरमा सहयोग गर्ने बताउदै बेलडाँडी गाँउ सभापतिमा भने युवालेनै नेतृत्व समाल्नु पर्छ भन्ने हो, भने ।”
फेरी भने ‘आफु सहमती सहकार्यको बाधक नभई सहमती र सहकार्यका आधारमा काँग्रेस बेलडाँडीको नेतृत्व, पदाधिकारी छनौट हुनुपर्ने उनले भन्नु भयो ।’ ‘आफु सहमतिको बाधक नभई सबैलाई जोडेर जानु पर्छ भन्नेमा जोड दिने व्यक्ती हुँ, यदि सबै पदमा सहमति भए त्यसका लागि आफु सहमत रहेको भन्नु भयो ।’

यति बेला काँग्रेस बेलडाँडी गाँउ कार्य समितिका लागि सभापति पदमा तिन जनाले आकाँक्षा जनाएका छन्, जसमा दुई युवा नेता गज बहादुर विष्ट, सचिन कठायत छन् भने अर्का पाका नेता पृत बहादुर विष्टले बेलडाँडी सभापति पदमा आकाँक्षी देखिएका छन् । यसरी हेर्दा गज बहादुर विष्ट र पृत बहादुर विष्ट विच कडा प्रतिस्पर्धा हुने आकल गरिएको अनुमान गरीएको छ । सभापति पदका लागि ८५ जनाले मतदान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *