रमेश प्रसाद भट्ट/ कञ्चनपुर- बेलडाँडी गाउँपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने भएका छन् । २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार बेलडाँडीमा आयोजित भेलाले सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने निष्कर्ष निकालेको नेकपा एमालेका नेता पल्लवराज भट्टले जानकारी दिनुभयो ।
शनिबार बेलडाँडीमा बसेको एक भेलाले एमालेको सुर्य चिन्हबाट चुनाव जितेका सबै जनपतिनिधि एकै ठाउँ नेकपा एमालेमै बस्ने निष्कर्ष निकालेको हो । उनीहरुले एक प्रेस विज्ञप्ती जारी गदै २०७४ सालको स्थानिय निर्वाचनमा एमालेबाट आएकाले सबै जनप्रतिनिधि एमालेमै रहेको जनाएका हुन । भेलामा नेकपा एमालेका नेता पल्लवराज भट्ट सहभागि थिए ।
प्रेस विज्ञप्ती

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री सहित एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको भेलाले केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यसरी कञ्चनपुरमा नेकपा एमाले विभाजनको प्रभाव भने धेरै परेको छैन । प्राय सबै जसो पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमै रहने निर्णय गरेका छन् ।

