कांग्रेस-१४ औं महाधिवेशन: कञ्चनपुरका ९२ वडाहरुमा आज वडा अधिवेशन सम्पन्न ( विवरण सहित )

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार देखि वडा अधिवेशन सुरु भएको छ । कञ्चनपुरका ९२ वडाहरुमा आज वडा अधिवेशन सम्पन्न भएको हो । जिल्लाका अधिकांश वडाहरुमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ । ९२ मध्ये समाचार तयार पार्दाको अवधि सम्म ७२ वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले बताए । कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता,कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् ।
कञ्चनपुरका ९२ मध्ये ७२ वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत वडा सभापतिहरुको नामावली

दोधारा–चाँदनी नगरपालिका
दोधारा–चाँदनी–१ मा वडा सभापतिको पद बाहेक अन्य ९ वडा र कार्यसमिति लगायत क्षेत्रिय प्रतिनिधिकालागि सर्वसम्मतबाट नेतृत्व चयन भएको हो ।
१- अमर बहादुर बम ९निर्वाचितः ४२ भोट०
२-कमलापती भट्ट
३- तेज सिंह थापा
४- महाबिर चन्द
५- हजारी चन्द
६- तुला शाही
७- सुशील राना
८-टीका उपाध्याय
९- पदम रावत
१०- चन्द्र बहादुर सिंह

भीमदत्त नगरपालिकाः
कञ्चनपुरमा जनसंख्याका अधारमा सबै भन्दा ठुलो स्थानीय तहका रुपमा रहेको भीमदत्त नगरपालिकामा ९ वडाहरुमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ ।
१- परमानन्द जोशी
२- उत्तम भट्ट
३- शरण शाही
४- नारायण दत्त पनेरु
६- प्रकाश चन्द
८- मदन मिश्र ९निर्वाचित०
१–मनिराम रावत
१३ बिष्णु सिंह
१५ भीम भट्ट
१६- गम्भीर सिंह ऐडी ९निर्वाचित०
१८- राजेन्द्र केसी
१९- बीर बहादुर पाल
भीमदत्तका अन्य वडाहरुमा निर्वाचन पश्चात मतगणना जारी रहेको प्रमुख निर्वाचन अधिकृतले बताए ।

शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटा नगरपालिकामा १२ मध्ये ११ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नं। ८ मा निर्वाचन भएको निर्वाचन अधिकृतले बताए ।
१-सुवर्ण विष्ट
२- विष्णु पनेरु
३- माभीम बहादुर चौधरी
४-सुग्रिव राना
५-भरत भण्डारी
६ -दान बहादुर खाती
७- अर्जुन मल्ल
८- निर्वाचन जारी,
९-चक्र बहादुर ऐर
१०- केशवदत्त अवस्थी
११- टेक बहादुर भण्डारी
१२- केशव पाण्डेय

बेदकोट नगरपालिकाः
बेदकोटका १० मध्ये ८ मा सर्वसम्मत भएको छ, भने बाँकि २ मा निर्वाचन भएको जनाइएको छ ।
१- रमेश भण्डारी
२- तारा दत्त जोशी
३- मोहन गुरधामी
४- नरेन्द्र बोहरा
५- चित्र देव भट्ट
६- जय देव जोशी
७- राम मारकण्ड
८- दल बहादुर बिष्ट
९- राज सुवेदी ९निर्वाचित०
१०- निर्वाचन नतिजा आउन बाँकि

बेलौरी नगरपालिकाः
बेलौरी नगरपालिकामा ८ नम्बर बाहेक सबै वडा सर्वसम्मत भएका छन् ।
१-किसन सिंह पन्त
२- राज बहादुर चौधरी
३- शुपा राना
४- कृष्ण बहादुर चन्द
५- जित बहादुर चौधरी
६- टेक बहादुर ओली
७- प्रकाश श्रेष्ठ
८- निर्वाचन हुँदै ९मदन ऐरीरदक्ष ब पाण्डे०
९- किशन राना
१०- शेर सिंह थापा

लालझाडी गाउँपालिकाः
लालझाडी जिल्लामै उदाहरणीय स्थानीय तह बनेको छ । ६ आटै वडाहरुमा सर्वसम्मतले नेतृत्व चयन भएको छ ।
१-राजीब राना
२- घुम्मन राना
३- रोहित सिंह
४- प्रवेश राना
५- कृष्ण जप्रेल
६- गोपाल चन्द

पुनर्वास नगरपालिकाः
पुनर्वासमा ११ वडाहरु वडा कार्यसमिति सर्वसम्मत भएको छ भने वडा नं। ८ मा मात्रै क्षेत्रिय प्रतिनिधिका लागि निवार्चन भएको हो ।
१- घुमन राना
२- राजेन्द्र साउद
३- बुद्धिमाया तामाङ्ग
४- सरोज बास्तोला
५- सिताराम खड्का
६- नविन तिमल्सेना
७- बुद्धिमान तामाङ्ग
८- रघुनाथ ओझा
९- मणिराज खाती
१० -चेतराज बिष्ट
११- प्रदिप सिंह

बेलडाँडी गाउपालिकाः
बेलडाडीमा १,२, र ३ नम्बर वडामा निर्वाचन भएको हो,भने ४ र पाँचमा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली काग्ेसका नेता जनक सिह धामिले बताए । १ र २ मा मात्रै वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिका लागि र ३ मा क्षेत्रिय प्रतिनिधिका लागि निर्वाचन भएको हो ।
१-रण बहादुर सिंह (निर्वाचति) ३९ मत
२- मदन भट्ट (निर्वाचित) ८२ मत
३- बलराम चौधरी
४- धन बहादुर रोकाया
५- हेमराज राना

कृणपुर नगरपालिकाः
कृष्णपुरमा ९ वडा मध्ये ५ मा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ४ वडामा मात्रै निर्वाचन भएको नेपाली कांग्रेसका नगर सभापति भक्त बहादुर खत्रीले बताए ।
१- निर्वाचन
२- निर्वाचन
३- इश्वर खाती
४- दिलिप सिंह भण्डारी
५- निर्वाचन
६- देवराम ओड
७- हरि बहा दुर गौडाल
८- निर्वाचन
९- कैलाश बनार
निर्वाचन भएका वडाहरुको नतिजा आउने क्रम जारी रहेको निर्वाचन अधिकृतले जनाएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज ३५ जिल्लामा मात्र अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *