बेलडाँडीलाई जिल्लाको दोस्रो साक्षर पालिका घोषणा,,९६.९३ प्रतिशत साक्षर

मुख्य खवर विशेष समाचार

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरीएको छ । यो संगै जिल्लामा दोस्रो साक्षर पालिकाको रुपमा बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएको हो । यस अघि लालझाडी गाउँपालिका साक्षर पालिका घोषणा भएको थियो । नेपाल सरकारको स्वीकृत “साक्षर नेपाल कार्यक्रम” अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दरमा बेलडाँडी गाउँपालिकामा ९६.९३ प्रतिशत पुगेकोले साक्षर रहेकाले पालिकालाई साक्षर घोषणा गरिएको बेलडाँडी गाउँपालिले जनाएको छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टका अनसुसार नेपाल सरकारले जारि गरेको मापदण्डहरू सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्य सूचि र बिलको पढाइ, आफ्ना परिवारका सदस्यहरूको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौ सम्मका अङ्कका अक्षर लेखाइ, १ देखि १ सय सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक पूरा गरेकाले पालिकालाई साक्षर घोषणा गरिएको बताए ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभापतित्वमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङको प्रमुख आतिथ्यमा सो कार्यक्रम घोषणा भएको हो ।

प्रमुख तामाङले कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने बेलडाँडी गाउँपालिका दोस्रो पालिका भएको बताए । उहाँका अनुसार ‘कञ्चनपुरका अन्य सात वटा स्थानीय तहहरूले समेत साक्षर घोषणाका लागि मापदण्ड पूरा गरेपछि कञ्चनपुर जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने बताउनु भयो ।’

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले स्वागत मन्तव्य राख्दै साक्षर गाउँपालिका घोषणा गरेसँगै त्यसको निरन्तर सुनिश्चितताका लागि गाउँपालिकालाई जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बेलडाँडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भानुभक्त जोशीले प्रतिवेदन पेस गर्नु भएको थियो । साक्षर गाउँपालिका घोषणा कार्यक्रमको औपचारिक समारोहलाई महेश सिंह खत्रीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले, बेलडाँडीका अध्यक्ष लक्ष्मण सिंह भाट, नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्क देव जोशी, शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत रूपराम तिरुवा साक्षर अभियानमा ठूलो योगदान पुर्याउने मुनाफा रहित संस्था कञ्चन सामुदाियक विकास केन्द्र, मुनाफा मुखी रिट नेपाल, अलस्टार युवा क्लब लगायत जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *