अस्थाई करार कर्मचारीकाे प्रदेश स्तरिय भेला डडेल्धुरामा सम्पन्न,, भेलाबाट भट्टकाे संयाेजकत्वमा १७ सदस्यीय समिति चयन

मुख्य खवर विशेष समाचार

कञ्चनपुर -अस्थाई करार कर्मचारीकाे प्रदेश स्तरिय भेला सम्पन्न भएकाे छ । शुक्रबार डडेलधुरामा एक समाराेहका विच अस्थाई करार कर्मचारी हकहित संरक्षण समिति चयन गरिएकाे हाे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाली काग्रेसका प्रदेश प्रमुख सचेतक गोबिन्द बोहराले शुक्रबार डडेलधुरामा सम्पन्न सुदूरपश्चि प्रदेशको भेलालाई सम्बधन गर्दै स्थानिय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीको स्थायित्वका लागि नेपाल सरकारले संसोधन गरिरहेको निजामती कर्मचारी ऐनमा समाबेशको लागि पहल गर्ने बताउनु भयो ।

त्यसै गरि डडेल्धुरा जिल्ला समन्वय समितिक प्रमुख गणेश भट्ट्ले अस्थायी करार कर्मचारीले देशको विषम परिस्थितीमा देश र जनताको सेवा गरेको तर राज्यले उहाँहरुको उचित सेवाको कदर गर्न नसकेकोले हाल अस्थायी तथा करार कर्मचारीले उठान गरेका माग सहि भएकोले अाफ्नाे तहबाट प्रदेश र संघ सरकार संग पहल गर्न लाग्ने बताउनु भयो ।

प्रदेश अध्यक्ष लोकेन्द्र राज भट्टको अध्यक्षतामा भएको भेलामा प्रदेश स्तरिय भेलामा ९ जिल्लाकै अस्थायी तथा करार कर्मचारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो । भेलाले १७ सदस्यीय प्रदेश समिती समेत गठन गरेको छ ।

लोकन्द्र राज भट्टको अध्यक्षतामा प्रदेश समिती चयन गरीएकाे अस्थाई करार कर्मचारी हकहित संरक्षण समितिका प्रदेश सदस्य एवं बेलडाँडी गाउपालिकाका संयाेजक निलम भट्टले जानकारी दिनु भयाे ।

उहाँले भने “अहिले पालिका, जिल्ला,प्रदेश हुँदै केन्द्रीय रूपमै अस्थाई करार कर्मचारी हकहित संरक्षण समिति गठन गरिने र सरकारलाई हामिहरूका माग सम्बाेधनका लागि लबाफ दिईने बताए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *