कञ्चनपुरकाे `भाईरल राेड´ जान प्रशासनद्वारा प्रतिबन्ध

मुख्य खवर विशेष समाचार

कञ्चनपुर-भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली ६ लेनको सडकमा जान प्रशासनले प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो।

निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेकोले आइतवारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए।

‘भीडभाडले कोरोनाको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदनशील भएकाले घुमघामका लागि सडकमा जान निषेध गरिएको छ’ उनले भने, ‘निर्माण कम्पनी कामदार र त्यहाँका स्थानीयलाई हिँडडुल गर्न पाउँछन् तर सडकमा बस्ने गरेर जान पाउँदैनन्।’

सामाजिक सञ्जालमा भाइरल भएपछि सडकमा दैनिक जसाे ४/५ हजार मानिस सेल्फी, भिडिओ खिच्न, टिकटक बनाउनका लागि पुग्ने गरेका छन्। अहिले यो सडक ‘भाइरल रोड’ले चर्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *