बेलडाँडी: सरकारी जग्गा मनपरी ढंगले सहकारीलाई वितरण गरेको भन्दै स्थानीयको विरोध

राजनीति समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सरकारी जग्गालाई प्रक्रिया विनै मनपरी ढंगले सहकारी संस्थालाई वितरण गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । बेलडाँडीको ७२ विगाहा (ग्रीन बेल्ड) क्षेत्र भित्रको जग्गालाई आफु निकट दुईवटा सहकारी संस्थाको भवन निर्माणका लागि भन्दै प्रक्रिया मिचेर स्थानिय सरकारले मनपरी ढंगले जग्गा वितरण गरेको भन्दै बेलडाँडीका स्थानीयले विरोध गदै गाउपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।

गाउँपालिकाले विना कुनै प्रकृया साना किसान सहकारी संस्था लिमिटेड र सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई भवन निर्माणका लागि भन्दै गाउँ कार्यपालिकामा निर्णय गरी प्रक्रियानै नपुर्याई सहकारी संस्थालाई जग्गा वितरण गरेको भन्दै स्थानियले विरोध गदै साना किसान सहकारी संस्थाले बनाएको भवन माथि तोडफोड गरेका छन् ।

शुक्रबार दिउसो बेलडाँडीका १२ वटा कृषक समुहले कृषि भवनका लागि छुट्याएको जग्गालाई सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई वितरण गरेको भन्दै गाउँपालिका अध्यक्षलाई त्यस्तो कार्य नगर्न र गाउँपालिकाले गरेको गलत निर्णय सच्याई सरकारी जग्गा माथिको अतिक्रमणलाई रोक्न भन्दै ज्ञापन पत्र समेत बुझाएका छन् । १२ वटा कृषि समुहका तर्फबाट शान्ति नाथले गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष थापा क्षेत्रीले सो बारेमा आफुले सच्याउनेबारेमा सोच्ने कुरा राखे । उनले भने ”दुई वटा सहकारी संस्थालाई भवन निर्माणका लागि जग्गा चाहि दिएका छौ , गाउँपालिकाको मातहतमा रहनेगरी साना किसान सहकारी संस्थालाई र विउ बैकंका लागि गाउपालिका संग साझेदारीका रुपमा काम गर्न सझौता बहुउद्देयीय सहकारी संस्थालाई जग्गा दिएको बताए ।”

यस्तै वडा नम्बर- २ का अध्यक्ष प्रेम राज खातीले भने निर्णयको बारेमा आफुहरुले छलफल गरे पश्चात मात्र यसको बारेमा आवश्यक निर्णय गर्ने बताएका छन् ।

ज्ञापन पत्र बुझाउदै स्थानीय शान्ती नाथले भने “यहाँ बेलडाँडीमा दुई वटा सहकारी मात्र नभई अन्य पनी भएकाले यदि वितरण गर्ने भए सबैलाई सामान रुपमा दिनु पर्यो हैन भने किन कसैलाई दिने कसैलाई नदिने भनिन् ।” उहाँका अनुसार विउ बैकंका लागि भनेर सौम्झौता बहुउद्देयीय सहकारीलाई कृषिकोलागि छुट्याईएको एक विगाहा क्षेत्रमा किन दिईयो कसरी दिईयो भनेर प्रश्न समेत गरिन ।  ज्ञापन पत्रको बोधार्थ २ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय बेलडाँडीलाई दिएको शान्ती नाथले बताए ।

यस्तै बेलडाँडीका एक श्री सेवा कृषि सहकारी संस्थाका गोपाल सिंह कँुवरले भने हामिले पनी सहकारीका लागि जग्गा उपलब्ध गराई दिन भनेर २०७६/०९/२५ गते निवेदन दिएको तर आफ्नो संस्थालाई नदिएको गुनासो गदै भने दिने भए सबैलाई दिनु पर्यो हैन भने किन केहिलाई मात्र भने ।

नेपाली काग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले भने स्थानीय सरकारले आफु निकटका लागि मात्र सरकारी जग्गा दिने कार्य गरेको प्रति आफ्नो घोर आपत्ती रहेको २०४९ साल देखि राखिएको ७२ विगाहा जग्गा अहिले आएर सबैतिर अतिक्रमणको चपेटामा परेकाले यसको बारेमा स्थानिय सरकारले उचित व्यवस्थापनका साच्नेु पर्ने बताए । यस्तै उहाँले बेलडाँडीका १४ वटा सहकारी संस्था र २० देखि २५ संघ संस्था र दुई सय जति कृषि समुह रहेकाले जग्गा दिने भए सबैलाई सामान रुपमा दिनु पर्ने बताए ।

जग्गा दिने गाउँ कार्यपालिकाको निणर्य

 

नेकपा बेलडाँडी ईन्चार्ज अक्कल विष्टका अनुसार जग्गा दिने नदिने अधिकार धेरै जसो स्थानिय सरकारलाई रहेको बताउदै सहकारी लगायतलाई दियो भन्दैमा केहि त्रुटि भएको जस्तो लाग्दैन भन्दै यसका लागि उचित माप दण्ड बनाउनु पर्ने बताए ।

साना किसान सहकारी संस्थाका अध्यक्ष कमला जोशीले भवनमा तोडफोड गरेको आरोपमा शान्ती नाथ माथि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी समेत दिईएको छ ।

२०७५/०८/२० गतेको बेलडाँडी गाउँपालिका कार्यापालिकाको निर्णय नम्बर– १८ मा साना किसान सहकारी संस्थालाई कार्यालयको स्वामित्वमा रहने गरी उपयुक्त स्थान हेरी सहकारीको भवन निर्माणका लागि जग्गा दिने निर्णय गरीएको छ । भने मिति २०७७/०७/२५ गतेको कार्यपालिकाको निर्णय नम्बर– ११ मा विउ बैकं स्थापनाका लागि सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

शुक्रबार मात्र ८ वटा बेलडाँडीका सहकारी संस्थाले जग्गा उपलब्ध गराईदिन गाउँपालिकालाई दिवेदन दिएका छन् । पछिल्लो समय ७२ विगाहा क्षेत्रमा बाचेको केहि जग्गा जसले पायो त्यसैले अतिक्रमण गदै आएका छन् भने धेरै जसोमा मुक्त कमैया, र सुकुम्बासी बसेका छन् भने अगाडि र पछाडी बेलडाँडी बजार र चवन्नी बजार विस्तार भएका छन् । ७२ विगाहा मध्ये बाचेको गाउँपालिका कार्यालय नजिकको जग्गा सबै जसो अतिक्रमणको चपेटामा छ, भने बसपार्कको लागि राखिएको मात्र बाकि रहेको दखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *