बेलडाँडी गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा विद्यार्थी नेता थापा चयन

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी गाउँपालिकाले अनेरास्ववियुका विद्यार्थी नेता समेत रहेका थापालाई गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।

बेलडाँडी गाउँपालिका–३ खैरीघाटका थापा राजनीतिसंगै खेलकुद विधामा पनि संक्रिय छन् । उनले बेलडाँडी गाउँपालिकाको खेल क्षेत्रमा समेत विगतमा धेरै खेलकुदमा सकृय रहदै कनम समेत गरि सक्नु भएकाे छ  ।
जिल्लास्तरीय खेलकुद प्रतियोगितामा बेलडाँडी क्षेत्रबाट खेलाडीलाई सहभागी गराउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले गत वर्ष महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा गाउँपालिका क्रिकेट टिमको व्यवस्थापक तथा प्रशिक्षककोे जिम्मेवारी सम्हालेका थिए ।

यस्तै गाउँपालिकाबाट उत्कृष्ट खेलाडी उत्पादन तथा त्यस ठाउँको खेल क्षेत्र उकास्नका लागि उनले बेला बेलामा विभिन्न खेल आयोजना गर्ने गरेका छन् ।

थापा राजनीतिसंगै आफू पनि खेलकुदमा रुचि राख्दछन् । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको खेल सप्ताहमा मानविकी तथा सामाजिकशास्त्र विभागबाट खेलमा सहभागी भइ ब्याटमेन्टनमा प्रथम भएका थिए ।

थापा अनेरास्ववियुका केन्द्रीय सदस्य पनि हुन । ग्रामीण क्षेत्रको खेलकुद विधा उकास्नका लागि योजनाबद्ध कार्यक्रम बनाएर अगाडि बढ्ने अध्यक्ष थापाले बताए ।

‘यस क्षेत्रमा उत्कृष्ट प्रतिभा भएका खेलाडीहरु छन् । तर उनीहरुले अवसर पाएका छैनन् । उनीहरुलाई खेलकुदको मूलप्रवाहमा ल्याउनका लागि विभिन्न कार्यक्रम ल्याइने छ ।’ उनले भने, ‘यस क्षेत्रका उत्कृष्ट खेलाडीहरुलाई विभिन्न स्तरीय खेलकुदामा सहभागी गराइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *