बेलडाँडी अस्थाई, करार कर्मचारी हकहित संरक्षण समितिको अध्यक्षमा स्वस्थ्यकर्मी निलम भट्ट चयन

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर – बेलडाँडी गाउपालिका स्तरिय अस्थाई, करार, दैनिक ज्यालादारी कर्मचारी हकहित संरक्षण समितिको अध्यक्षमा स्वस्थ्यकर्मी निलम भट्ट चयन हुनु भएको छ । विहिबार बेलडाँडी गाउँपालिका स्तरिय अस्थाई, करार, दैनिक ज्यालादारी कर्मचारीको भेलाले निलम भट्टको अध्यक्षतामा १३ सदस्यीय अस्थाई करार कर्मचारी हकहित संरक्षण समिति गठन भएको हो ।

जसमा उपाध्यक्षमा कृष्ण कुमार रोकाया, सचिवमा दिल बहादुर खड्का,सह सचिवमा फुल कुमारी राना, बागम्बरी गिरी र बाकि आठ जना सदस्य रहेका छन् । निर्विरोध अध्यक्षमा चयन हुनु भएका अस्थाई करार कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष निलम भट्टले भने ‘सबै हामि जस्ता कर्मचारीको हकहितका पक्षमा आफ्नो कार्य रहने बताएका छन् ।’

उनले भने ”हामि अस्थाई करार कर्मचारीहरुले लामो समय देखि राज्यको विभिन्न सेवा सुविधामा विभेद् भएकाकाले यसको अन्त्य गर्न आफ्नो पहल हुने बताउनु भयो ।” यस्तै उनले ‘१५ १६ बर्ष देखि अस्थाई रुपमा काम गदै आएका कर्मचारीहरुलाई स्थाईको गरिनु पर्ने र हाललाई अन्य कर्मचारी सरह सेवा सुविधाको माग समेत आफ्नो रहने बताउदै अस्थाई करार कर्मचारी विचको भेदभाव अन्त्य हुनु पर्ने समेत उनको भनाई रहेको छ ।’ स्वास्थ्यकर्मी निलम भट्ट रौतेलि विचुवा स्वास्थ्य चौकीमा अनमीको रुपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *