काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।
५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइट बाट पनि हेर्न सकिनेछ ।

