काठमाडौँ । अमेरिकाले कोरोनाविरुद्धको खोप अनुदानमा दिएको केही दिनमै पुनः थप स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।अमेरिकी जनताको तर्फबाट भन्दै नेपालका लागि कोभीड– १९ सँग लड्न आवश्यक स्वास्थ्य सामग्रीहरु शुक्रबार बिहान काठमाडौँ आइपुगेको हो ।
शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै युएसएडका नि. मिशन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षमण अर्याललाई हस्तान्तरण गरेका छन् ।
विशेष कार्गाे विमानमार्फत ल्याइएका ती अनुदानका सामग्रीमा ५ लाख -यापिड डाइग्लोस्टकि टेस्ट किटलगायत सामग्रीहरु रहेको जनाइएको छ ।

