आइएसकेयु अन्तर्राष्ट्रिय भर्चुअल कातामा नेपाललाई ४ स्वर्ण

खेलकुद मुख्य खवर समाचार

बिकास सिंह महता/कञ्चनपुर – विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले पछिल्लो समय खेलकुद जगत समेत प्रभावित बन्दै जादा नयाँ प्रविधिको माध्यम संग जोडिदै नेपालले अन्तर्राष्ट्रिय भर्चुअल कातामा ४ स्वर्ण हात पारेको छ।

हिजो र आज दुई दिन सम्म संचालन भएको आइएसकेयु अन्तरास्ट्रिय भर्चुअल शितोरियो करातेको काता प्रतिस्पर्धामामा नेपालले ४ स्वर्ण ७ रजत र २ कास्य सहित १३ पदक प्राप्त गरेको छ।

नेपालबाट स्वर्ण जित्नेमा नरहरी पुर डोजोका प्रमुख प्रशिक्षक रबिन्द्र मानन्धर भेट्रान पुरुष कातामा, तेसै गरि १७ बर्ष माथी सिनियर पुरुष कातामा सोनिम मानन्धर र बिबेक राइ र १७ बर्ष माथीकै सिनियर महिलामा बिमला नेपाली रहेका छन।

उक्त प्रतिस्पर्धामा भेट्रान तर्फ असेस मगर पुरुष सिनियरमा अनिस कार्की, प्रनिल मानन्धर महिला सिमियरमा सुमना राई जुनियर महिलामा श्रद्धा थापा, राजकुमार श्रेष्ठ, रिया राईले ७ कास्य पदक दिलाएका छन।

त्यसैगरी निता आचार्य र प्रभात पुनले नेपाललाइ २ रजत पदक दिलाएका छन। लकडाउनले सुस्तायका खेलाडिला भर्चुअलमा भए नि खेलकुदलाई निरन्तरता दिनकै लागि मानन्धरले यस अघि पनि २ पटक अन्तरास्ट्रिय भर्चुअल प्रतिस्पर्धामा खेलाडिलाइ समाबेश गराइ सकेका छन।

उक्त प्रतिस्पर्धामा नेपाल लगायत भारत,टर्की, श्रीलंका, इरान, इराक, अजरबैजान, उज्वकिस्तान,स्विडेनका सयौं खेलाडिले भाग लिएको नरहरीपुर डोजो मच्छेगाउका प्रमुख प्रशिक्षक मानन्धरले जानकारी दिनु भएको छ। संवरण जित्ने पनि अधिकान्श नरहरिपुर डोजोकै रहेको मानन्धरले जानकारी दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *