बेलाैरी प्रहरीले अवैध घरेलु मदिरा बरामद् गरी नष्ट गर्याे

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर -जिल्लाकाे लालझाडीबाट बेलाैरी प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसोकाे समयमा  लालझाडी गाउँपालिका वडा नम्बर -६ चान्देव क्षेत्रकाे शान्ति मार्गबाट बेवारिसे अवस्थामा राखिएको अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खडकाले जानकारी दिनु भयाे ।

उहाँका अनुसार  ४० लिटर, घरेलु जाँड ५ सय ५० लिटर र मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडा बर्तन समेत फेला पारी बरामद गरी नष्ट गरिएकाे बताउनु भयाे ।

बरामद गरिएको मदिरा स्थानिय नागरिक, जनप्रतिनिधि लगायतकाे रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।

घरेलु मदिरा बनाई बिक्री गर्नाले समाजमा विभिन्न खालका आपराधिक घटनाहरू वृद्धि हुन सक्ने भएकोले यस्ता कार्यलाई राेक लगाउन स्थानियकाे सहयाेगमा प्रहरी प्रशासन अग्रसर भएकाे छ ।

यसरी बेलाैरी प्रहरी समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न अाफ्ना कार्यहरूमा बृद्वि गरेकाे देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *