रमेश प्रसाद भट्ट/कञ्चनपुर – जिल्लाकाे दक्षिणि भेग बेलडाँडि गाउपालिका वडा नम्बर-५ झिलमिलाकाे किसान मध्यवर्ति सामुदायिक वन क्षेत्रबाट दिउसै हतियार सहित अाएका भारतिय डाकाँहरूकाे समुहले लुटेर लगेका १२ भैंसी प्रहरी र सशस्त्र प्रहरीले रातभर खाेजतलास गरि फेला पारेकाे छ, भने एक रागा अझै फेला फेला परेन ।
लुटिएकाे सुचना पाउना साथ ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सई राम सिह बाेहरा र सशस्त्र प्रहरी वर्डर अाउट पाेष्ट झिलमिलाबाट खटिएकाे टाेलिले रात भरकाे खाेजतलास पछि सिमा क्षेत्रकै शारदा नदिकाे विच टापुबाट बाधिएकाे अवस्थामा फेला पारेर ल्याईएकाे ई.प्र.का. बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कठायतले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उहाँका अनुसार `रातिनै भारतिय SSB र त्याहाका प्रधान संगकाे समन्वयमा खाेजि गरि शारदा नदिकाे टापु क्षेत्रबाट फेला पारी शनिबार दिउसाे १२ बजे तिर ल्याएर भैंसी मालिकलाई बुझाएकाे बताए ।´ उनले भने “सशस्त्र प्रहरी र हामिले धेरै खाेजि गर्याे तर एक रागाँँ भने फेला पार्न सकेनाै त्यसका लागि समेत भारतिय सुरक्षाकर्मि संग समन्वय गरि खाेजिने बताए ।”
शुक्रबार दिउसै चरनका लागि नजिकैको सामुदायिक वन क्षेत्रमा हतियार सहित अाएका ७/८ जना भारतिय डाकाँहरूकाे एक समुहले एक हेरलालाई बाधि र अन्यलाई धम्काई भैंसी लुटेर लगेका थिए ।
यसरी सिमा क्षेत्रका बस्तिमै हतियार अाई भारतिय डाकाँहरूले चाेरी गर्नुका साथै त्रसाउन थाले पछि बेलडाँडीकाे झिलमिला, बैबाहा सिमा क्षेत्रका स्थानिय निकै त्रसित बनेका छन् ।
याे एक प्रतिनिधि घटना मात्र हाे, यस्ता घटना साे क्षेत्रमा पटक-पटक घटि सकेकाले वर्डरमा सिमा सुरक्षाकाे जिम्मा पाएकाे सशस्त्र प्रहरी हुदा हुदै पनि यसरी हतियार सहित भारतिय डाकाँहरू घाउमै पस्न थालेपछ नेपालि सुरक्षामा अझ बढि चुनाैति थपिएकाे छ ।

