सु.प. प्रदेशस्तरीय यातायात कम्पनीको संयुक्त भेलाद्धारा संघर्ष समिति गठन,, संघर्षका कार्यक्रम तय गर्ने

मुख्य खवर समाचार

बिहीबार महेन्द्रनगरमा महाकाली यातायात बहुउद्देश्यीय प्रालीका अध्यक्ष डम्मर राज पन्तको अध्यक्षता एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार होम बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महाकाली यातायात प्रा.ली.का अध्यक्ष डम्मरराज पन्तको अध्यक्षतामा संघर्ष समिति गठन गरेको हो ।

भेलाले संघर्ष समितिको सदस्य सचिवमा खप्तड यातायात प्रा.ली.का अध्यक्ष अनन्त राज जोशी र कोषध्यक्षमा सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली.का बरिष्ठ उपाध्यक्ष गणेश राज पाण्डेलाई चयन गरेको छ । भने भेलामा सहभागी १५ वटै कम्पनी र मजुदुर संघसस्थाहरु सदस्य रहने गरी संघर्ष समिति चयन गरिएको छ ।

No description available.

भेलाले संघर्ष समितिको प्रथम बैठकद्धारा कार्यदल सम्पादन समिति राख्न सक्ने अधिकार दिने निर्णय गरेको छ ।
भेलामा यातायात व्यवसायी र यातायात क्षेत्रमा कार्यरत मजदुरहरुले सरकारले गरेको लकडाउका कारण भोग्नुपरेका समस्यहरुको बारेमा छलफल भएको थियो ।

No description available.

सरकारले यातायात क्षेत्रका मजदुरमा सर्वप्रथम कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, लकडाउनको बेलाको रोड कर(रोड पर्मिट),सवारी साधनका कागजपुर्जा नविकरण गर्दा लाग्ने करमा छुट गर्नुपर्ने, बैकहरुबाट लिइएको क्रिण किस्ता तिर्नकोलागि व्यवसाय संञ्चालन गरेपछिको ३ महिना समयावधि दिनुपर्ने लगायतका यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारलाई माग राख्नुपर्ने भेलामा बोल्ने अधिकांस बक्ताले राय पेस गरेका थिए ।

No description available.

संघर्ष समितीका अध्यक्ष डम्मरराज पन्तले लकडाउनका कारण सवैभन्दा बढि यातायात क्षेत्र समस्यामा परेकाले यातायात व्यवसायीले उठाएका मागहरु सम्बोधन नहुदासम्म सुदूरपश्चिममा सवारी साधन संञ्चालन नगरिनेसम्मका संघर्षका कार्यक्रम तय गरीने बताए ।

No description available.

भेलाको सहजीकरण महाकाली यातायात बहुउद्देश्यीय प्रा.ली.का सचिव देवराज जोशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *