कञ्चनपुरकाे समग्र शान्ति सुरक्षा, विभिन्न समस्या र सेवा प्रवाहमा थप सुधार गरीने: प्रमुख जिल्ला अधिकारी पाण्डे

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी पाई चार दिन अघि मात्र कार्यालयमा अाउनु भएका सिडिअाे राम प्रसाद पाण्डेले जिल्लाकाे समग्र शान्ति सुरक्षा, जिल्ला भित्रका विभिन्न समस्याका साथै कार्यालयबाट हुने सेवा प्रवाहमा थप सुधार गरि अगाडि बढने बताउनु भएकाे छ ।

विहिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारहरू संग भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला भित्र शान्ति सुरक्षा, कार्यालयकाे सेवामा थप सुधार, मुख्य व्याप्त विभिन्न समस्या  लगायतका सवालमा अझ बढि सुधार र समस्या सामाधमा विशेष भुमिका खेल्ने बताउनु भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले पत्रकारहरू संग भने  “जिल्ला भित्र रहेका मुख्य समस्याहरू सिमा विवादकाे समस्या, लागू अाैषध बेचविखन अाेसार पसार तथा दुर्वशनिकाे समस्या, अबैध रूपमा मदिरा बेेेचविखन र सेवनकाे समस्या, बाढि तथा डुवानकाे समस्या लगायतका सवालमा अाफुले राेकथाम तथा नियन्त्रणमा  विशेष जाेड दिई काम गर्ने बताउनु भयाे ।”

उनले भने निर्मला पन्त हत्या प्रकरणकाे घटनाको हत्यारा ढिला चाडाे कानुनकाे कडघेरामा अाएरै छाेडने बताउदै जिल्लाकाे समग्र शान्ति सुरक्षामा थप कडाई गरि त्यस्ता घटना हनु नदिन सुरक्षा सयन्त्रलाई विशेष निर्देशन दिने बताउनु भएकाे छ ।´

उहाँँका अनुसार `धेरै बर्ष पछि पनि अनुसान्धान हुदै त्यस्ता घटनाका दाेषि पत्ता लागेका उदाहरण धेरै छन, निर्मला हत्याकाे अपराधिलाई पनि वितृत लामाे अनुसन्धान र ठाेस प्रमाण जुटाई प्रहरीले कानुनि कडघेरामा ल्याउने विश्वास व्यक्त गरे ।´

कार्यक्रममा पत्रकारहरूले पनि जिल्ला भित्रका लुकेका र लुकाईएका विभिन्न समस्याका बारेमा जानकारी गराउदै त्यस्ता घटनाहरूलाई राेक्न र सुधार गरि जाने विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेकाे ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *