कञ्चनपुर- बेलडाँडी गाँउपालिकाले राधाकृष्ण आधारभूत विद्यालयको कम्प्युटर खरिद विद्यालयले नै गरेको जनाएको छ । चालु आर्थिक बर्ष २०७७/०७८ को ३ नक्बर वडाको कार्यक्रम अनुसार विद्यालयले नै कम्प्युटर खरिद गरेर भुक्तानीका लागि गाँउपालिकामा पेश गरेको जनाएको हो । शुक्रबार बेलडाँडी गाँउपालिकाले पत्रकार सम्मेलन गर्दै विद्यालयले कार्यादेश बिनै आफैले कम्प्युटर खरिद गरेर भुक्तानीका लागि मात्र गाँउपालिकाआएको बताएको छ ।
गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले ३ नक्बर वडाबाट विनियोजित ३ लाख बजेटमा विद्यालय आफैले धनगढीको मोहराईन कम्प्युटरबाट कम्प्युटर खरिद गरेको बताए । ‘सार्वजनिक ऐन अनुरुप एक लाख भन्दा बढिको समान खरिदका लागि कोटेशनको बिधीबाट खरिद गर्नुपर्छ, तर विद्यालयले कोटेशन बिनै खरिद गरेको रहेछ ।’
कोटेशन बिनै खरिद गरिएका कम्प्युटर समाग्रीको ३ नम्बर वडा कार्यालयबाट अध्यक्ष दुर्गा प्रसाद चौधरीको सिफरिस पत्र अनुसार विद्यालयका प्रअ गणेश बहादुर सिह आफै भुक्तानीका लागि कार्यालयमा आएको बताउदै उनले खरिद गरेर ल्याईसकेका कम्प्युटरको भुक्तानीका लागि गाँउपालिकाले सहजिकरण गर्दा कर्मचारी माथि उल्टै आरोप प्रत्यारोप लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्टले दु:खेसो पोखे ।
‘विद्यालयले गाँउपालिकाको कार्यदेश बिनै खरिद गरेका समानको भुक्तानीका लागि कार्यालयबाट सहजिकरण गरिएको हो, ‘उनले भने, ‘झन राम्रो सहजिकरण गर्दा उल्टै आरोप लगाईयो, यो भन्दा दु:खद् अरु के हुन्छ ।’ कम्प्युटर आपूर्तिकर्ता संगै विद्यालयबाट गएका शिक्षकले कमिसनको मोलमोलाई गरेको खुल्न आएको उनले बताए ।
‘उनले भने, ‘खाली विना प्रमाण अनावश्यक आफु माथि सामाजिक सञ्जाल मार्फत झुटो लानछना लगाएर चरित्र हत्या गर्ने प्रयास गरिएको बताउनु भयो ।’
‘कार्यालयमा प्रअ सिह आए खै विद्यालयको चेक भने, ‘प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘दोस्रो दिनदेखि हुलहुज्जल लिएर आए अहिले मलाई अनावश्यक धम्की दिईरहेका छन ।’ कार्यालय र कर्मचारीबाट गल्ती भएको भए कानुनी उपचार खोज्नका लागि आग्रह गरेपनि कानुनी उपचारको साटो हुलहुज्जल लिएर कार्यालमा आउन थालेपछि गाँउपालिकाले सुरक्षाका लागि प्रहरीलाई निवेदन दिएको बताए ।
गाँउपालिका अध्यक्ष धन बहादुर थापा नेतृत्वको छानबिन समिति र समितिले ल्याएको प्रतिवदेशन गाँउ सभाले खारेज गरेको छ । छानबिन समिति बारे कानुन व्यवसायी एवं न्यायिक निकायमा सरसल्लाह गर्दा उक्त समिति अवैध र समितिको प्रतिवेदन नै वैध नभएकाले गाँउसभाबाट खारेजी गरिएको हो ।
राधाकृष्ण विद्यालयका प्रअ गणेश बहादुर सिहका अनुसार ”हामिले बाचेको पैसाले कम्प्युटर ल्यापका लागि आवश्यक पर्ने समान किनौला भनेर सोचेका थियौ, तर ३ लाख मध्येबाट २ लाख तिन हजारको कम्प्युटर खरिद गरेर ल्यायौ बिल ३ लाखकै पेश गरेका थियौ, बाचेको पैसा नपाएको भन्दै कहाँ गयो भनेर खोजेको बताउनु भयो ।”
तर उता मोहराईन कम्प्युटरका संञ्चालक महेश चौधरीका अनुसार भ्याट काटेर आफ्नो २ लाख ३ हजार घटाएर सो बाफत बाचेको रकम आफु संगनै रहेकाले लिन आए चेक काटेर दिने बताए । चौधरीले कम्प्युटर खरिदका लागि विद्यालयकै मान्छे आएको बिल बढाई दिन आग्रह गरेको बताएका छन् ।
अब बाचेको पैसा साउजी संगनै छ, अब तपाई लिनु हुन्छकी के गर्नु हुन्छ ? भन्ने प्रश्नमा प्रअ सिहले भने ‘बाचेको रकम आफुहरुको भएको बताउदै जनताको पैसा वडाले दिएकाले हामिले किन नलिने बताए ।’
उक्त प्रकरणमा गाँउपालिकाका कर्मचारी र मातहतका सम्पूर्ण कर्मचारीको सुरक्षा एव सहज वातावरणक निर्माणका लागि १ सय २२ जनाको सयुक्त हस्ताक्षर सहितको निवेदन गाँउपालिका अध्यक्षलाई दिएका छन ।
यस अघि गाँउपालिकाले कर्मचारीमाथि धम्की दिने व्यक्तिहरुको नाममा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा निवदेन दिएका छन । बेलडाँडी गाँउपालिका राधाकृष्ण विद्यालयको कम्प्युटर खरिद प्रकरणमा विवाद देखिएपछि गाँउपालिका क्षेत्रमा सुरक्षाकर्मीले उच्च निगरानी बढाएका छन । गाँउपालिकाले कर्मचारीमाथि हातपात एव कुटपिटका घट्ना हुनसक्ने भन्दै गाँउपालिका कार्यालय एव कर्मचारीलाई निगरानीमा राखेको छ ।

