कोरोनाविरुद्धको भ्याक्सिन लगाइदिने भन्दै रकम मागे उजुरी गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

विशेष समाचार

काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबिरुद्धको खोपबाट ठगीमा नपर्न सबैलाई आग्रह गरेको छ । कोरोना बिरुद्धको खोप क्रमश सबै उमेर समूहका नागरिकहरुलाई सरकारले नि:शुल्क उपलब्ध गराउने जानकारी दिदै मन्त्रालयले कसैले रकम तिरेर खोप लगाइदिने हल्ला वा ठगी गरे तुरुन्त उजुरी गर्न सुचित गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ, ‘सरकारले कोरोनाविरुद्धको खोप निशुल्क वितरण गरिरहेको छ । उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त खबर गर्न तथा उजुरी गर्न अनुरोध गरिन्छ।’

त्यस्तै मन्त्रालयले आफ्नो पालो कुरेर कोरोना भाइरसविरुद्धको खोप निशुल्क लगाउन पनि आग्रह गरेको । ‘आफ्नो पालो कुरेर कोरोना बिरुद्धको खोप निशुल्क लगाऔं,’ सुचनामा भनिएको छ, ‘पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ।’

यदि कतै ठगी गरिएको वा गर्न लागिएको जानकारी पाए तत्काल स्थानीय निकायमा उजुरी गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *