शहीद गोविन्द गौतम स्मृति पार्क बनाउन बजेट बिनियोजन

मुख्य खवर समाचार

कञ्चनपुर-  कञ्चनपुरमा आफ्नो भुमि रक्षाका लागि २०७३ फागुन २६ गते भारतीय सिमा सुरक्षा बल SSB को गोली लागी सहादत भएका पुनर्वासका  सहिद गोविन्द गौतम सम्मानका लागि  प्रदेश सरकारले पार्क निर्माण गर्न बजेट बिनियोजन गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट प्रस्तुत गर्दै पुनर्वासमा ‘बोर्डर अब्जरभेसन पोइन्ट तथा शहीद गोविन्द गौतम स्मृति पार्क निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेको बताए।

सिमा रक्षाका लागि कञ्चनपुरमा भारतीय ज्याजतीबाट नेपालीले ज्यान गुमाउनुको पिडा रहदै गर्दा सिमा समस्या सामाधान भने हुन सकेको छैन । दिन प्रतिदिन सिमा विवाद भई रहदा सिमा क्षेत्रका स्थानिय त्रसित बनेका छन् ।

केहि दिन अघि मात्रै बेलौरी नगरपालिकाको पचुईमा निर्माणाधिन हुलाकी सडक निर्माणमा भारतीय पक्षले अवरोध गर्दा निर्माण कार्यनै स्थगित भएको छ । यस्तै जिल्ला विभिन्न ठाउँमा सिमाको यकिन हुन नक्दा दिन दिनै सिमा सम्बन्धि विवाद भई रहदा भने यस तर्फ सरकारको ध्यान पगेको भने देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *