अपाङ्गता किशोरीमाथि सामुहिक बलात्कार गर्नेलाई राष्ट्रिय अपाङ्ग महासंघद्वारा कार्बाहीको माग

मुख्य खवर समाचार

विकास सिह महता/कञ्चनपुर- राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बेदकोट नगरपालिका – ५ धरमपुरकी अपाङ्गता भएकी किशोरीमाथि बलात्कार गर्नेलाई कार्बाहीको माग अघि सारेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुप प्रदेश अध्यक्ष उपेन्द्र खडायतले सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई न्यायमा पहुँचका लागि ध्यानाकर्षण ज्ञापन पत्र बुझाउँदै बलात्कारीमाथि कानुनी कार्बाहीको माग अघि सारेको हो ।

अपाङ्गता भएकी किशोरीलाई नशालु पदार्थ सेवन गराई जेठ २७ गते सामुहिक बलात्कार गरेको थियो। घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुप प्रदेशका अध्यक्ष उपेन्द्र खडायतद्वारा हस्ताक्षर गरेको ज्ञापन पत्रमा पीडितलाई न्याय र दोषिलाई कार्बाहीको माग अघि सारिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले घटनाको छानबिन गरेर दोषि उपर कार्बाही गरिने आवश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *