संविधान सभा सदस्य एवं काग्रेस नेता विष्टको पहलमा बेलडाँडीमा स्वास्थ्य सामाग्री

मुख्य खवर समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  संविधान सभा सदस्य एवं काग्रेस नेता दिवान सिह विष्टको पहलमा बेलडाँडीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । विहिबार प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीलाई ४ थान सुविधा युक्त स्वास्थ्य सामाग्रीको रुपमा व्याड हस्तान्तरण गरीएको हो । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री मार्फत प्रा.स्वा.के. बेलडाँडीलाई सुविधायुक्त ब्याड हस्तान्तरण गरीएको संविधान सभा सदस्य विष्टले जानकारी दिनु भयो ।

अहिले कोरोना भाईरस कोभिड- १९ को माहामारीको समयमा केहि हद सम्म भएपनि राहात पुगोस भन्ने उद्देश्यका साथ आफ्नो पहलमा ल्याईएका ४ थान सुविधा युक्त ब्याड प्रा.स्वा.के. बेलडाँडीलाई सहयोग गरेको नेता विष्टको भनाई रहेको छ ।

नेपाली काग्रेस जिल्ला सदस्य जनक सिह धामि, बेलडाँडी सभापति हर्क देव जोशी, शान्ती नाथ लगायतको उपस्थितिमा ब्याडलाई गाउपालिका अध्यक्ष थापा क्षेत्री मार्फत स्वास्थ्य केन्द्रलाई प्रदान गरेको काँग्रेस जिल्ला सदस्य जनक सिह धामिले बताउनु भयो । उहाँका अनुसार हामि अहिले विषम परिस्थितिको सामाना गरी रहेकाले यो बेलामा संकटलाई टार्न नेपाली काग्रेस हर सम्भव आफ्नो सहयोग गर्न सधै तत्पर रहेको धारण राख्नु भयो ।

स्वास्थ्य सामाग्री बुझ्नु हुदै गाउपालिका अध्यक्ष थापा क्षेत्रीले यस्तो समयमा सहयोग गर्नु भएकोमा हार्दीक आभार समेत प्रकट गर्नु भएको थियो । यस भन्दा अगाडि संविधान सभा सदस्य नेता विष्टले व्यक्तीगत लगानीमा बेलडाँडीको कोभिड -१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरी सकेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *