कञ्चनपुरमा कोभिड-१९ संगको लडाईमा खटिने पहिलो स्वास्थ्यकर्मी कार्कीको मृत्यु

मुख्य खवर समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर –  कञ्चनपुरमा कोभिड-१९ संगको लडाईमा खटिने पहिलो स्वास्थ्यकर्मी कार्कीको मृत्यु भएको छ ।   वेदकोट नगरपालिकामा कायर्यरत स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मी.नि. सरस्वति कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अन्दाजी ५० बर्षिया स्वास्थ्यकर्मी कार्कीको गएराति करिब साढे ११ बजेतिर उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

गत बैशाख १७ गते कोरोना संक्रमित भएर विचमा निको भएकी कार्कीलाई केहि दिन अघि असन्चो भएपछि स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । ”स्वास्थ्यमा अक्सीजनको मात्र कमि आएपछि उपचारका लागि विदामा रहनु भएको थियो, तर एक्कासी उपचारका क्रममा मृत्यु भएको खबरले हामि स्तब्ध भयौ, नगर प्रमुख अशोक कुमार चन्दले भन्नु भयो, पुरै नगरपालिका यस दुखदे घटनाले मर्माहित बनेका छौ ।”

उहाँका अनुसार यसरी कोरोना संक्रमित भएर वेदकोटका मात्र दुई  जना कर्मचारीको मृत्यु भईसकेको छ । यस भन्दा अघि शिक्षा शाखा प्रमुख विनि शंक दत्त भट्ट र स्वास्थ्यकर्मी कार्की गरी दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको नगर प्रमुख चन्दले बताए ।  उनले भने ”कर्मचारीहरुको विमा गरीएको र कोरोना संक्रमणबाट मृत्यु हुनेका लागि विशेष राहातको व्यवस्था भने नगरीएको त्यसका लागि कार्यपालिकाको बैठकबाट कस्तो किसिमको राहातको व्यवस्था गर्ने भन्नेमा निर्णय गरीने समेत नगर प्रमुख चन्दले बताउनु भयो ।”

यसरी एक होनहार स्वास्थ्यकर्मी जो अरुलाई मृत्युको मुखबाट बचाउन अहोरात्र खटिने योद्धाको मृत्युले सिंगो स्वास्थ्य क्षेत्रमा ठुलै क्षति पुगेको उहाँको भनाई रहेको छ । अहिले यस दुखद् घटनाको खबरले सामाजिक संञ्जाल लगायतमा दुख व्यक्त गर्नेहरुको पोष्टले रंगिएको छ ।

यस्तै उता

स्वास्थ्यकर्मी कार्कीको मृत्यु भएको खबरले नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले समेत दुख व्यक्त गरेको छ । नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले रातदिन नभनि अरुको जिवन रक्षाका लागि लड्ने एक योद्धा महामारीको चपेटामा परी मृत्यु  भएको दुखद् घटनाले सिंगो स्वास्थ्य क्षेत्रमा ठुलो क्षति पुगेको बताए ।

उहाँका अनुसार ”कोरोनाको लडाईमा खटिने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्ने खालको व्यवस्था गर्न तिनै तहका सरकारको समेत ध्यानाकर्षण हुनु पर्ने बताए ।”  उनले भने ‘हामि दुखित छौ’, ‘कञ्चनपुर जिल्लामा पहिलो स्वास्थ्यकर्मी गुमाएका छौ, यस्तो समयमा स्वास्थ्यकर्मी साथिहरुको कार्यमा उत्सहामा बृद्धि गर्न सबै पक्ष संग हार्दीक अपिल सेमते व्यक्त गर्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *