विश्व हिन्दु युवा संघ र जनबाहिनीद्धारा कञ्चनपुरका सुकुम्बासी,भुमिहीनलाई २० क्वीन्टल चामल वितरण

Uncategorized

कञ्चनपुर-   कञ्चनपुर जिल्लाका दुई नगरपालिकामा बसोबास गर्ने सुकुम्बासी तथा भुमिहीन नागरिकलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवासंघ सुदुरपश्चिमले २० क्वीन्टल (चामल) राहत स्वरुप आज बस्तीमै पुगेर वितरण गरेको छ ।

पछिल्लो समय राष्ट्र र नागरिकको हितमा आवाज उठाउदै आएको जनवाहिनी नेपाल संस्थाका संयोजक शिरोमणि ओझा र विश्व हिन्दु युवा संघ जो युवाहरुको हकहितको लागि निरन्तर राज्यलाई खबरदारी गर्ने सुदुरपश्चिमका प्रमुख सम्राट सिंहले बुधबार गोदावरी नगरपालिका वडा नम्बर- ३ चौकी डाँडा र कृष्णपुर नगरपालिका वडा नम्बर- २ भेटघाटमा छुट्टाछुट्टै शिविर संचालन गरि लकडाउनले प्रभावित भएका ती सुकुम्बासी तथा भुमिहीन नागरिकलाई जरुरत मन्द (चामल) खाद्यान्न वितरण गर्नु भएको हो ।

यसैैैगरी विश्व महामारी कोरोना भाइरस कोभिड- १९ को दोस्रो भेरियन्टको कारण सरकारले लगाएको लकडाउनले गर्दा यतिबेला समाज र राष्ट्रका केही निम्न वर्ग जस्ले दैनिक ज्यालामजदुरी गरि खाने नागरिकलाई धेरै असर पारेको छ ।त्यस्तै लकडाउनको चपेटामा परेका सुकुम्बासी तथा भुमिहीन बस्तीका नागरिकको समस्यालाई मध्यनजर गरेर दुई संस्थाले समन्वय गरि पहिलो चरणमा दुई नगरपालिकामा १०/१० क्वीन्टल (चामल) खाद्यान्न शिविर मार्फत हस्तान्तरण गरिएको जनवाहिनी नेपालका संयोजक,युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।

यसैगरि क्रमश: हाम्रो संस्थाले अन्य बस्तिहरुमा समेत पुगेर अविरल रुपमा नि:शुल्क खाद्यान्न राहतहरु वितरण गर्छ,हामी निरन्तर गर्छौं संयोजक ओझाले भन्नू भयो ।त्यसैगरी यी दुई संस्थाले विगतका दिनहरुमा कोभिड १९ को महामारी लडाइँसंग सामना गर्दै देश र जनताको लागि आफ्नो ज्यानलाई जोखिममा राखेर अहोरात्र खटेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार विभिन्न सामाजिक अभियानतालाई स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *