बेलडाँडी: ‘मेरो सहयोग’ अभियानको आय व्यय सार्वजनिक,, हप्ता दिनमै ३ लाख बढी आर्थिक संकलन

समाचार

मेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका सक्रिय युवाहरुले सञ्चालन गरेको मेरो सहयोग अभियानको आय व्यय सार्वजनिक गरिएको छ । पछिल्लो समय कोरोना भाईरस कोभिड- १९ रोकथामका तथा नियन्त्रणका लागि बेलडाँडीका सक्रिय युवाहरुले चालेको ‘मेरो सहयोग’ अभियानको आय व्यय सार्वजनिक गदै अभियान हालललाई रोकिएको छ ।

सोमबार आभियानका अभियन्ताहरुले पत्रकार सम्मेलन गरी आय व्ययको समग्र हिसाव सार्वजनिक गरेको हो । यहि जेठ २ गते देखि चालिएको मेरो सहयोग अभियानमा देश तथा विदेशबाट संकलन भएको आय जम्मा ३ लाख ४ हजार ६ सय ६१ रुपयाँ र व्ययमा २ लाख ६७ हजार ६ सय पचहत्तर रुपयाँ व्यय हुनका साथै ३६ हजार ९ सय ८६ रुपयाँ बचत रहेको अभियानका एक अभियन्ता सचिन कठायतले जानकारी दिनु भयो ।

उहाँका ”अनुसार बाकि रहेको रमलाइ पनी आवश्यकता परेको बेलामा स्वास्थ्य सामाग्री लगायतका कुरामा खर्च गरीने समेत बताए ।” अभियानमा देश तथा विदेशबाट ८० जनाले आर्थिक रकम सहयोग गरेका थिए । जो संकलित सहयोग रकमबाट बेलडाँडीका स्वास्थ्य संस्था, कोभिड आईसोलेसन, स्वास्थ्य कर्मी, सुरक्षकर्मी, र गाउपालिकालाई अक्सीजन सिलेन्डर, अक्सिजन कन्सनटेटर, पल्स अक्सीमिटर, मास्क सेनिटाईजर लगायतका समाग्री सहयोग गरेको अभियनता निश्चल जोशीले बताए ।

उनले भने ”हामिले सरकारको मुख मात्र ताक्नु भन्दा पनी महामारीका समयमा सबैले रोकथामका लागि सहभागिता जनाउ भन्ने उद्देश्यका साथ अभियानको शुरुवात गरीएको बताउनु भयो ।” ‘अहिले सरकारलेनै अर्थिक संकलन सहयोग लगायतका कार्य नगरी एकद्धार प्रणली मार्फत मात्र गर्न हुन भन्ने निर्देशन अनुरुप अभियानको कार्य तत्काललाई स्थगित गरीएको उनले बताए ।’

छोटो समयमा सबै क्षेत्रबाट बेलडाँडीका जनतालाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ सञ्चालन भएको अभियनमा उलेख्य सहभागिता जनाई सहयोग गर्नु हुने सबै सहयोगी दाताहरुप्रति अभियानले हार्दीक आभार प्रकट समेत गरेको छ । अभियानमा बेलडाँडीका युवाहरु गोकर्ण जोशी निश्चल, सन्देश पाण्डे, प्रकाश माली, सचिन कठायत, एकेन्द्र शाह लगायतका युवाहरुले सक्रियता देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *