कञ्चनपुर- नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सुदर्शन ऐरको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निर्वाचन क्षेत्र नम्बर- २ का क्षेत्रीय सचिव ऐरीको मृत्यु भएको हो ।
झलारीका स्थानीय समेत रहेका ऐरीलाई तीन दिन अघि मात्रै उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । काँग्रेस कञ्चनपुरका होनहार नेताको निधनसंगै काँग्रेस स्तब्ध भएको छ ।
काँग्रेस कञ्चनपुरका अनुसार सरकार जनताको स्वास्थ्य भन्दा सत्ता टिकाउन संविधान भड्खालोमा हाल्नेदेखि यस्तैमा रमाईरहेका बेला नागरिक अक्सिजन नपाएर धमाधम मरिरहेको जनाएको छ । यतिबेला सिंगो काग्रेस कञ्चनपुर शोकमा डुबेको छ ।

