कञ्चनपुर प्रहरीले महाकाली नदीमा फसेका १० जना कामदारको उद्धार

समाचार

कञ्चनपुर- महाकाली नदीमा फसेका १० जना कामदारलाई कञ्चनपुर प्रहरीले उद्धार गरेको छ।लगातारको बर्षाले नदीमा आएको बाढीमा फसेका १० जना मजदुरलाई कञ्चनपुर प्रहरीले शुक्रबार उनीहरुको स-कुसल उद्धार गरेको हो।

जिल्लाको भीमदत्त नगरपालिका १२ ओदालीस्थित महाकाली नदीमा फसेका १० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीषक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा गएको विपद व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डा चौकीबाट गएको टोलीले सहकुसल उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीका अनुसार कैलालीको टीकापुर नगरपालिका ६ बस्ने ४० वर्षीय समशेर पुनमगर, वर्षीय बिष्णु पुनमगर, २८ वर्षीय दिनेश पुनमगर, ३९ वर्षीय जीत बहादुर पुनमगर, १९ वर्षीय आनन्द पुनमगर, ४९ वर्षीय आस बबहादुर बि.क., २५ वर्षीय गोबिन्द रोक्कामगर, ६० वर्षीय वलवीर घर्तीमगर, ३८ वर्षीय ओमलाल मगर र भीमदत्त नगरपालिका १९ का ४० वर्षीय मनिराज जोशीलाई उद्धार गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *