कोरोनाबाट देशभर ८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको

समाचार

काठमाडौँ — २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *