कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय कारोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढदै गईरहेको पाईएको छ । बिहिवार आज ५ सय २ जनाले कोरोना जितेका छन् । संक्रमण मुक्त भएका सहित अहिले सम्म ४ हजार २ सय ३५ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, कञ्चनपुरमा बिहिवार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा ३४ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयकाले जनाएको छ ।
पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ६२ जना, वेदकोटमा ३ जना, शुक्लाफाँटा र कृष्णपुरमा १/१ जना पुनर्वासमा ३ जना, , शुक्लाफाँटामा ४० जना, बेलौरीमा २५ जना, लालझाडीमा ३ जना, दोधारामा १० जना, पुनर्वासमा ८ जना, बेलडाँडीमा ३ जना, र गडडाचौकीमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५१ पुगेको छ । भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनाले ज्यान गुमाएका छन्। भीमदत्तनगरपालिका –१८ का ६६ र ६० बर्षका भीमदत्त ११ का ५० बर्षका पुरुषको कोरोना संक्रमण बाट निधन भएको हो । कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।

