काँग्रस नेता दिवान सिह विष्टद्धारा अक्सिजन र स्वास्थ्यसामाग्री सहयोग,,निर्वाचित संघिय सांसद मगर कता ?

राजनीति समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  नेपाली काग्रेस कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर- १ का जनप्रिय नेता एव पुर्व माननीय संविधान सभा सदस्य दिवान सिह विष्ट यतिबेला जनताको स्वास्थ्यमा विशेष ध्यान दिदै अक्सीजन सिलेन्डेर र स्वास्थ्यसामाग्री सहयोग गरी रहनु भएको छ । देशभर फैलिएको दोस्रो चरणको कोभिड- १९ कोरोना भाइरस सङ्क्रमणको प्रकोपले कञ्चनपुरका जनताको स्वास्थ्यमा असर परिरहेका बेला काँग्रेस नेता विष्ट भने यति बेला बिरामीहरूको लागि अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री वितरण गर्दै हिँडेका रहेका छन् ।

२०७४ को संघिय र प्रादेशिक निर्वाचनमा निर्वाचित सांसदहरू क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट पीडित जनताको स्वास्थ्य सुरक्षाका लागि नदेखिएका बेला नेता विष्टले जनताको प्राण रक्षाका लागि आफ्नै व्यक्तिगत लगानीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरणको अभियान थालेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर- १ बाट निर्वाचित भई  संघिय मन्त्री समेत बनेकी बिना मगर आफ्नो निर्वाचन क्षेत्रमा  कोभिड सङ्क्रमणले जनता छटपटाई रहेका बेला समेत बेखबर भईरहदा  नेता विष्टले भने अक्सिजन , सिलिन्डर लगायतका सामाग्री वितरण गर्दै आएका छन् ।

तर निर्वाचित संघिय सांसद आफ्नो क्षेत्रका जनता कोभिड महामारीको सामना गरिरहेका बेलामा यस क्षेत्रबाट निर्वाचत संघिय सांसद् विना मगर कता छन् भनेर जनताले प्रश्न समेत गरिरहेका छन् । यस्तो विषम परिस्थितिको घडिमा सहयोग त परको कुरा सान्तोना समेत व्यक्त गरेको भने उनीबाट पाईएको छैन । यिनै जनताको भोटबाट निर्वाचित भई खानेपनी मन्त्री समेत बनि सक्नुभएकी पर्व मन्त्री मगर भने जनताको स्वास्थ्यमा बेखबर भएकी छिन् ।

यता काँग्रेस नेता विष्टले बेलौरी स्थित ईशान मेमोरियल अस्पताल , त्रिभुवन बस्ती स्वास्थ्य चौकी , बेल्डाँडी लगायत आवश्यकता रहेका कोभिड अस्पतालमा  अक्सिजन सिलिन्डर , अक्सिजन कन्सन्टेटर , अक्सिमिटर , स्वास्थ्य सामाग्री र बिरामीहरूलाई गर्मीका बेला हावाको उचित प्रबन्धका लागि व्यवस्थापनका लागि  पङ्खा दिएका छन् ।

जिल्लाको दक्षिणी भेगबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूका लागि समेत उनले  अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । नेता विष्टले उपचाररत क्षेत्रका जनताहरूको आवश्यकता  र मागका आधारमा प्राण वायु अक्सिजन नि:शुल्क उपलब्ध गराउँदै आएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका जनताले अक्सिजनको अभावका कारण ज्यान गुमाउन नपरोस् भनेर आफूले आवश्यक परेका जोसुकै जनतालाई अक्सिजन उपलब्ध गराउने अभियान थालेको नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवान विष्टले बताए । आज बेलडाँडीमा समेत स्वास्थ्य समस्या बारे जानकारी लिएर सक्दो सहयोग गर्ने कार्यक्रम रहेको उनले बताउनु भयो ।

क्षेत्रका ४ वटा स्थानीय तह पुनर्वास , बेलौरी , बेल्डाँडी र लाल झाडीमा अक्सिजन  सिलिन्डर आवश्यक पर्ने जोसुकै व्यक्ति भए पनि आफूलाई सम्पर्क गर्न साथ उपलब्ध गराइने उनले बताए । तर यस्तो माहामारीका बेलामा यस क्षेत्रबाट निर्वाचित भई मन्त्री समेत बनेकी विना मगरले भने जनताको स्वास्थ्यमा  चासो  देखानु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *