माओवादी केन्द्र कपिलवस्तुका नेतामाथि गोली प्रहार, भारतीय नागरिक पनि घाइते

राजनीति समाचार

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि नचिनेको मानिसको समूहले गोली प्रहार गरेको छ ।गोली लागेर पाण्डेसहित दुई जना घाइते भएका कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको छ  भने पाण्डेसँगै मोटरसाइकलमा रहेको २६ वर्षका भारतीय नागरिक इयाज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको डीएसपी भण्डारीले  जानकारी दिनुभयो । उनीहरुकौ भैरहवामा रहेका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *