कंचनपुरका चार पालिकाले बेलौरीमा अक्सिजन प्लान्ट बनाउने तयारी

मुख्य खवर समाचार

हरिलाल जोशी/पुनर्वास- देशमै अक्सिजन अभावका कारण विश्वभर फैलिएको कोरोना महामारीले आक्रान्त बनाएपछी महामारीबाट जोगिन कंचनपुरको बेलौरीमा पालिकाको लागतमा अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको छ ।

कञ्चनपुरको क्षेत्र नम्बर- १ मा पर्ने चार पालिका बेलाैरी, पुनर्वास, लालझाडी र बेलडाँडीका प्रमुखहरुको सोमबार बसेको संयुक्त बैठकले बेलौरीको भकुण्डामा संयुक्त अक्सिजन प्लाण्ट बनाउने निधो गरिएको हो। दुई करेाड पाँच लाख कुल लागत लाग्ने अक्सिजन प्लाण्ट निर्माणका लागि चारै स्थानीय तहले संयुक्त रुपमा बजेट विनियाेजन गरि एकदुई दिनमै कार्य थालनी हुने पुनर्वासका नगर प्रमुख जिवनराज थापाले बताउनुभयो । “दैनिक पचहत्तर सिलिन्डर भर्न सक्ने क्षमताको प्लाण्ट बन्छ ।”

उहाले भन्नुभयो “बहत्तर घण्टा भित्रै टेण्डर गरि आगामी बीस / पच्चीस दिनमा प्लाण्ट निर्माण कार्य सक्छौ ।” उहाका अनुसार हाल नगरपालिकाले ६५ लाख र गाउँपालिकाले ३५ लाखको दरले लगानी गर्ने निर्णय गरिएको र प्रदेश सरकारबाट पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो । जनताको स्वास्थ्य प्रति गम्भीर भइ अक्सिजन प्लाण्ट निर्माण गर्ने पालिकाहरुको निधो बाहिर आएपछि जनसमुदायमा पनि यतिबेला निकै हर्ष छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *