सुदूरपश्चिमका अस्पतालहरुमा पनि अक्सिजन अभाव

विशेष समाचार

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ ।धनगढीस्थित ग्याँस उद्योग बिग्रिएको र अन्य ठाउँबाट आपूर्ति कम हुँदा अक्सिजनको अभावमा विरामीको मृत्यु हुन थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्रग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपुर्तिमा थप समस्या सिर्जना भएको बताउनु भयो ।

कैलालीको सेती प्रादेशिक अस्पतालसगै निजी अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ भएका छन् । तर उनिहरुलाई अक्सिनको आवश्यक पर्ने भएपनि अक्सिजन नपाउदा अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन् ।

संक्रमितका आफन्तहरु ग्यासको जोहो गर्नकैलागि ग्यास उद्योगमा तिन चार दिन सम्म पनि लाईनमा बस्नु परेको गुनासो गर्दै आईरहेका छन्  मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो ।

मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको सेतीप्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने बताउदै सूचना अधिकारी श्रेष्ठले बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो कामचलाइ रहेको र प्लान्ट बिग्रिएका कारण समस्या हुने भएको बताउनु भयो ।

कोरोन संक्रमितको संख्या बढ्दै जानु र अक्सिजनको कमी हुँदा प्रदेशमा कोरोना संक्रिमत झनै जोखिममा परेका छन् ।अस्पतालमा अक्सिजनको कमी हुन नदिन सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *