चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

अन्तर्राष्ट्रिय

चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ।  रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको  छ।

चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरिएको थियो। यो रकेटले चीनको इन्टरनेशनल स्पेश स्टेशनको प्रमुख मोड्यूललाई पृथ्वीको तल्लो कक्षतर्फ लैजाँदै थियो।

रकेट अनियन्त्रित बनेपछि यो रकेट बसोबास रहेको क्षेत्रमा गिर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो। सो रकेटको तौल १८ टन थियो।

दशकयता पृथ्वीतर्फ खसेको यो नै सबैभन्दा ठूलो वस्तु हो। रकेट अनियन्त्रित भएपछि अमेरिकाले चीनलाई अन्तरिक्षको मामिलामा जिम्मेवार रवैया देखाउन चेतावनी दिएको थियो।

अनियन्त्रित भएका रकेटहरू पृथ्वीतर्फ नै फर्कन्छन् र वायुमण्डलमा घर्षण भई आकाशमै जल्ने गर्छन्। तर, रकेटमा राखिएका केही धातुहरू जमिनमै ठोक्किन आइपुग्ने जोखिम अधिक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *