बेलडाँडी प्रहरीद्धारा लागु औषधसहित दुई भारतीय पक्राउ

मुख्य खवर समाचार

कञ्चनपुर- लागु औषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नम्बर सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडीको नेतृत्वले दुबैलाई शनिबार आज पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक रविन्द्र कठायतका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन्। स्थानीय भुडाका युवाहरुको विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक कठायतले बताए ।

दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम बुद्धा चलाईने उनले बताए । हाल दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको प्रहरी निरिक्षकले  कठायत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *