अन्तरिक्ष घुम्न जाने हो ?

अन्तर्राष्ट्रिय

एजेन्सी- अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्‍याउन तयार रहेको बताएका छन्।उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएको छ। सो उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।

उक्त उडानमा बेजोस हुने वा नहुने भन्नेबारे भने स्पष्ट गरिएको छैन् । कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ। इलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने यात्रा घोषणा गर्ने अपेक्षा गरेको छ। स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।।

अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौँ अमेरिकी डलर पर्ने बताइएको छ। बेजोसले ठूला रकेटहरूको समेत विकास गरिरहेका छन् र उनले आएमजनफ्नै भूउपग्रहमा आधारित इन्टरनेट नेटवर्क बनाउने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *