सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

समाचार

डाेटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार (आज) निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा निधन भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रवार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *