सशस्त्र प्रहरीद्धारा तीन लाख भन्दा बढीको अबैध समान बरामद्

समाचार

कञ्चनपुर-  सशस्त्र प्रहरीले भन्सार छली गरेर अवैध रुपमा भित्रिएको तीन लाख बढीको समान बरामद गरेको छ । सशस्त्र प्रहरीको नं. ३५ गण हेड क्वाटर .शैलेश्वरी र बोर्डर आउट पोष्ट कंकड, आपताल, बेलौरी, पचुई र झिलमिलाको टोलीले विभिन्न स्थानबाट तीन लाख १३ हजार ३ सय मूल्य बराबरकोको अवैध समान बरामद गरेको छ ।

बरामद समानमा मोर्टर पार्टस, चिनी, गुड, थान कपडा, मैदा, युरिया मल, बिडी, पोलिथिन तथा मिठो सुपारी लगायतका छन् । बरामद समान कञ्चननपुर भन्सार कार्यालय गड्डाचौकीलाई  बुझाईएको सशस्त्र प्रहरी ३५ नम्बर गण शैलेश्वरीका प्रमुख एसपी विरेन्द्र बहादुरऐरले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *