बेलौरी प्रहरीले स्वदेशी कुखुरा नष्ट गरेको भन्दै कुखुरा व्यवसायी आन्दोलित, क्षेती पुर्तिको माग

मुख्य खवर समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  बेलौरी प्रहरीले स्वदेशी कुखुरालाई अबैध भन्दै नष्ट गरेपछि कञ्चनपुरका कुखुरा व्यवसायी किसान आन्दोलित बनेका छन् । मंगलबार ईलका प्रहरी कार्यालय बेलौरीले स्वदेशी उत्पादनको कुखुरालाई बरामद् गरी नष्ट गरेपछि उचित क्षतिपुर्तिको माग राख्दै कुखुरा व्यवसायी आन्दोलित बनेका हुन । बेलौरी, बेलडाँडी पुनर्वास नगरपालिकाका कुखुरा व्यवसायी किसानहरुले प्रहरी र सम्बन्धित स्थानिय सरकारलाई बोधार्थ गदै बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘स्वादेशी उत्पादनको बीस क्विन्टल कुखुरा अनावश्यक रुपमा ईप्रका बेलौरीले दादागिरी शैलीमा कुखुरा नष्ट गरिएको कार्य प्रति कुखुरा तथा अण्डा उत्पादन किसान संघको गम्भिर ध्यान आकर्षण भई उक्त घटनाको घोर भत्सना गदै उचित क्षतिपुर्तिको माग गरिएको छ ।’

ज्ञापन पत्रमा मार्फत यहि बैशाख १२ गते घटनाको स्थलगत निरिक्षण तथा छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने र अब उप्रान्त यस्ता दुखद् घटना नदोहोरिन दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गर्दछौ भनिएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउपालिका- १ का किसन वडवाल र  ४ बैबाहाका रतन सिंह खत्रीको खोरबाट लगिएका कुखुरालाई बेलौरी नगरपालिकाको चान्दोवबाट कलुवापुरतिर लैजादै गरेको अवस्थामा बेलौरी प्रहरीले गाडि सहित नियन्त्रणमा लिई सोहि दिन नष्ट गरेको थियो । यसरी सबै नेपाली कागजातहरु देखाउदा देखाउदै पनी हामी किसानका कुखुरा नष्ट गरेको कुखुरा किसानहरुको भनाई रहेको छ ।

तर उता ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काका अनुसार अबैध कुखुरा आउदैछ भन्ने सुचना पाए लगतै सोमबार राति करिब १२:३० बजेतिर बेलौरीको चान्देव क्षेत्रबाट गाडि सहित पक्राउ गरी छानवीन गर्दा धेरै कुरामा प्रमाण नमिलेपछि कुखुरा नष्ट गर्नु परेको बताए । उनले भने ”हामिले अनुसन्धान गर्दा चार पाँच कुरामा प्रमाण नजुटेपछि कुखुरा नष्ट गरिएको बताए ।” ‘जहाँ सम्म कागजात मिल्छ कि भनेर दिन भर जसो कुर्यौ तर अनुसन्धाबाट स्वदेशी नदेखिदा बाध्य भएर कुखुरा नष्ट गर्नु परेको बताए ।’

ज्ञापन पत्र बुझ्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले घटनाको बारेमा बुझ्ने बताए । उनले भने ‘यदि सत्य भए उचित क्षेतिपुर्तिको लागि पहल गरिने बताए ।’

तर यत किसान भने स्वदेशी उत्पानका कुखुरा भएको सबै प्रमाण भएको दाबी गदै उचित क्षेत्री पुर्तिको माग राखेर कुखुरा तथा अण्डा उत्पादन संघ बेलडाँडीका अध्यक्ष सुरेन्द्र बहादुर कार्की लगायत बेलौरी र पुनर्वासका व्यवसायीहरुले सयुक्त रुपमा ज्ञापन पत्र मार्फत आफुहरुको माग सम्बोधन गरीनु पर्ने अन्यथा चरणबद्ध आन्दोलनको घोषण गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *